जाल्पा लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

माघ २४, काठमाडौं । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साँझ ६ बजेर १५ मिनेटसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरीदको लागि आवेदन दिएका हुन । कम्पनीको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।  प्राथमिक बजारमा तीन महिनापछि निष्कासनमा आएको यस कम्पनीको आईपीओ खरिदका लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ ।नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६/ ७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ ।   आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्जको मूल्य रेञ्ज पाउने देखिन्छ ।   

सम्बन्धित सामग्री

इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– इङवा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि भने आईपीओमा २० चैतसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेमा समयअगावै निष्कासन तथा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। उक्त हाइड्रोपावरले २९ फागुनमा  दुई चरण […]

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ । सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको […]

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ ।सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं- पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ।मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो। यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १र४७ गुणा बढी हुन आउँछ। […]

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि  निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १.४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने १ लाख २३

मन्दाकिनीको आईपीओमा साढे १६ गुणा बढी आवेदन

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)मा १६ लाख १० हजार ९२६ जनाको आवेदन परेको छ । आज विहीबार साँझ ५ बजेसम्मको अवधिमा उक्त आवेदकबाट आईपीओमा आवेदन परेको हो ।उक्त आवेदनबाट १ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि आजसम्म आवेदन दिन मिल्ने गरी सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता सेयर बिक्री खुलाएको थियो ।कम्पनीले खुलाएको बिक्रीको तुलनामा परेको आवेदन साढे १६ गुणाले बढी हो । कम्पनीले १०० रुपैयाँ अंकित ११ ल

विन्ध्यावासिनी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओमा) पहिलो दिन ३ लाखभन्दा बढी आवेदकले आवेदन गरेका छन् । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिन नै ३ लाख ३६ हजार ७०८ जनाले आवेदन गरेका हुन् ।कम्पनीले हिजो शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमा ३ लाख ३६ हजार ७०८ जना आवेदकले ४१ करोड ६१ लाख ३२ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन भरेका हुन् ।आईपीओमा यही जेठ २५ गतेसम्म आवेदन द

रिभर फल्स पावरको आईपीओमा ६.५ गुणा बढी आवेदन

रिभर फल्स पावर लिमिटेडको आईपीओमा माग गरेभन्दा ६.४७ प्रतिशत बढी माग आवेदन परेको छ । नेपाल क्लियरिङ लिमिटेडका दिएको पछिल्लो रिपोर्ट अनुसार मंगलबार विहान साढे १० बजेसम्ममा १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन परेको हो । जुन माग गरेभन्दा करिब ६.५ गुणा बढी आवेदन हो ।कम्पनीले बैशाख २८ गतेबाट कुल २७ लाख ३० हजार कित्ता सेयर प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गरेको थियो । सो मध्ये कम्पनीले ५ प्रतिशत

उपकार लघुवित्तको आईपीओमा पहिलो दिनमा नै २६ गुणा बढी आवेदन

उपकार लघुवित्तको आईपीओमा पहिलो दिनमा नै माग गरेभन्दा २६ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग हाउसका अनुसार आज साझ पाँच बजेसम्म २ लाख २१ हजार १५६ जनाले ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । जुन कुल निष्काशित सेयर मध्येको अधिकतम २६.७२ प्रतिशतले बढी हो ।कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको छ । कुल आईपीओ मध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५ प

जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ । सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ । सीडीएस एन्ड क्लिएरिङ लिमिटेड (सडीएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारसम्मले आवेदन दिएका छन् । शुक्रबार सीडीएसीले तयार पारेको मेरो […] The post जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.