मसाज थेरापी कति लाभदायक ?

परापूर्व कालदेखि अभ्यास हुँदै आएको थेरापी हो-मालिस अर्थात मसाज । मालिसले शरीर र मनको उर्जाबीच सन्तुलन कायम राख्ने बताइएको छ । यसले शरीरको तापमान नियन्त्रित राख्छ र रक्तप्रवाह बढाउँछ । स्वस्थ शरीर, दीर्घ जीवन, मानसिक उर्जा र सम्पूर्ण सौन्दर्यका लागि मसाज उपयोगी हुन्छ । हामीकहाँ सुत्केरी अवस्थामा मसाज गर्ने परम्परा छ । टर्कीमा मान्छेहरु नुहाउनुअघि […]

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंक र ट्रानक्वालिटी स्पाबीच सम्झौता

कामना सेवा विकास बैंक र ट्रानक्वालिटी स्पाबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्वालिटी स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सैलुन सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेकोे छ […]

कामना सेवा विकास बैंकका ग्राहकलाई ट्रान्क्युलिटी स्पामा छ्रूट

काठमाडौं  । कामना सेवा विकास बैंक र ट्रान्क्युलिटी स्पाबीच आइतवार छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सैलुनका सेवामा २५ प्रतिशतसम्मको छूट प्राप्त गर्नेछन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधामा ५० प्रतिशतसम्मको छूटको समेत व्यवस्था रहेकोे बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा सहजै प्राप्त हुने यो सुविधाबाट ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।

सञ्चोको व्यापार ५० प्रतिशत बढ्यो

नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६६/६७ मा आफ्नो उत्पादन सञ्चोको व्यापारमा रु. ३० लाखले वृद्धि गरेको छ । कम्पनीले सो आवमा  रू ४ करोड ८० लाखको सञ्चो विक्री गरेको हो । यो कम्पनीको कुल व्यापारको ५० प्रतिशतभन्दा बढी हो । यसका अरू पाँचवटा उत्पादन मसाज आयल, शिलाजित, सञ्चो, हर्बल ड्रिंक, एण्टालि र एरमो थेरापी गरी आव २०६६/०६७ मा  रू ८ करोडको व्यापार भएको जानकारी कम्पनीले दिएको छ । अघिल्लो आवमा ४ करोड ५० लाख  रुपैयाँको सञ्चो विक्री भएको थियो । चालू आर्थिक वर्षमा ७ करोड  रुपैयाँको विक्री गर्ने लक्ष्य लिएको कम्पनीका महाप्रबन्धक मधुसूदन रिसालले बताए । ‘कम्पनीको नयाँ व्यवस्थापनले नयाँ बजार पहिचान गर्न सकेकाले व्यापार वृद्धि भएको हो,’ उनले भने । कम्पनीका नेपालभित्र २० भन्दा बढी जिल्लामा थोक विक्री केन्द्र रहेका छन् । आगामी वर्षमा नेपालका ७५ वटै जिल्लामा आफ्ना थोक विक्री केन्द्र विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ । कुल उत्पादनको ९० प्रतिशत सञ्चो नेपालमै खपत हुने गरेको छ । बाँकी भारत, स्वीडेन, अमेरिका, कोरियालगायत देशमा निर्यात हुन्छ । वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७

मसाज थेरापी के हो ?

मसाज एक प्राकृतिक चिकित्सा विधि हो । सबै उमेर समूहका लागि उपयुक्त मसाजले विभिन्न स्वास्थ्यलाभ दिन्छ । शिशु र सुत्केरी महिलालाई मसाज गर्ने हाम्रो आम प्रचलन नै हो । मसाज मुख्यतया तीन प्रकारको हुन्छ । स्युडिस मसाज, डिप टिस्यु मसाज, अरोमा थेरापी मसाज । यीमध्ये नेपालमा तेल मसाज निकै प्रचलित छ । दुखाइ कम गर्न […]

स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

काठमाडौं । शरीर आलस्य भयो, काममा ऊर्जा र जाँगर चलेन । यस्तो बेला स्पा गए हुन्छ नि भनेर साथीभाइले सुझाउने गरेको सुन्नुभएको होला । शरीर र दिमागलाई आराम दिने उद्देश्यले देशका प्रमुख सहरमा स्पा सेन्टर थुप्रै खुलेका छन् । कहिले पनि स्पा नगएकाहरुलाई लाग्न सक्छ आखिर त्यहाँ के हुन्छ ? स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, […]

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस