केही ठाउँमा छिटफुट घटनाका कारण मतदान अवरुद्ध भएपनि स्थगित भने भएको छैन : आयोग

वैशाख ३०, काठमडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत शुक्रवार भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।  आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने भएको छैन । अपराह्न २ बजेसम्म ४१ प्रतिशत मतदान भएको उनले जानकारी दिए । उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो ।  कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ,’ उनले भने । शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् । रासस

सम्बन्धित सामग्री

राष्ट्रियसभाको बैठक पनि स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ। आजै बस्ने भनिएकाे प्रतिनिधिसभाकाे बैठक पनि स्थगित भएकाे छ। प्रतिनिधिसभाकाे बैठक २४ गतेसम्मका लागि स्थगित […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो।गैरकानुनी रुपमा नेपालमा सुन भित्रिएको विषयमा छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो।यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो। सोमबार सदन चलाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो तर सहमति

बागमती प्रदेशसभा बैठक स्थगित

प्रतिपक्ष दलहरुको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको बागमती प्रदेशसभाको बैठक बुधबार करिब आधा घण्टा बसेर फेरि स्थगित भएको छ।...

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।

प्रतिनिधिसभा फेरि स्थगित

कोरोना भाइरसको सम्भावित जोखिम कायमै रहेको भन्दै संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक कोरोना महामारीलाई कारण देखाउँदै स्थगित गरिएको हो।...

सिटिइभिटीका सबै परीक्षा स्थगित

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍याे, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।परिषदका अनुसार अर्काे सूचना जारी नहुञ्

पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौँ, ७ माघ: पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज हामी बैठक बसिरहेका र नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय उनले बताए । […]

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो। निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको सुझाव, विद्यार्थी संगठन र अभिभावकको मागअनुसार परीक्षा स्थगित भएको छ।

एमालेको बैठक फेरि स्थगित

आइतबार स्थगित गरेर सोमबारका लागि बोलाइएको एमाले स्थायी समिति बैठक फेरि स्थगित गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सोमबार १० बजेका लागि बोलाइएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।  लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।  बैठकले स्पष्टीकरणमा परेका एमालेका १२ जना नेतालाई कारबाही गर्ने तयारी गरेको छ । यसअघि एमालेका माधव कुमार नेपाललगायत ११ जनालाई एमालेले निष्काशन गरिसकेको छ ।