नुवाकोट : नुवाकोटका विभिन्न ठाउँमा माघे संक्रान्तिका दिन बुधबार गोरु जुधाइएको छ। स्थानीय कृषकहरुले पोसेर बलियो बनाएका गोरु जुधाइएको हो। नुवाकोटका ६ ठाउँमा ५७ हल गोरु जुधाइएको छ।
नुवाकोटको बेत्रावतीमा गोरु जुधाएको हेर्न प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि पुगेकी थिइन्। जिल्लाका तारकेश्वर गाउँ...