वाग्मती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौं, भदौ १५ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बागमती नदीमा र्‍याफ्टिङ कार्यक्रम हुने भएको छ। जिल्ला समन्वय समिति काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा हुने उक्त र्‍याफ्टिङ कार्यक्रम यही भदौ १६ गते हुन लागेको हो। समितिले विहिबार पत्रकारसम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ऐतिहासिक बागमती नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी […]

सम्बन्धित सामग्री

वाग्मतीमा भोलि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने - NepaliPatra

काठमाडौँ। वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार (भोलि) ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो। नाराका उपाध्यक्ष शिशिर खनालले वाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको […]

वाग्मती नदी महोत्सवमा र्‍याफ्टिङ

काठमाडौं । वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन २२ औं वाग्मती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आयोजना गरेको महोत्सवमा थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङको आयोजना गरिएको थियो ।  कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो । वाग्मती नदी महोत्सवको सहरी विकासमन्त्री...

वाग्मतीमा भेल बढेको बेला कुपन्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ

काठमाडौं : वाग्मती नदीलाई स्वच्छ बनाउने अभियान अन्तर्गत आज वाग्मती रिभर फेस्टिभल २०२२ आयोजना गरिएको छ। त्यसक्रममा वाग्मती नदी वरिपरि सरसफाइका साथै र्‍याफटिङ संचालन समेत गरिएको छ। वर्षाका कारण नदीमा भेल बढेको बेला शनिवार बिहान र्‍याफ्टिङ गराइएको हो। कुपन्डोलबाट सुन्दरीघाटसम्म गरिएको र्‍याफ्टिङमा शहरी विकास मन्त्री मेटमणि चौधरीका साथै सरकारी अधिकारी, वाग्मती बचाउ…

फोटोफिचर: वाग्मतीमा र्‍याफ्टिङ सरर

वाग्मती नदीमा शनिबार बिहान र्‍याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो । १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् ।