कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश स्वीकृत, कात्तिक १४ गते बुक क्लोज गरिने

कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही लाभांश वितरणका लागि बैंकले असोज ३० गते बैठक बस्दै आगामी कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । योसँगै कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको लाभांश लिन योग्य हुने छन् ।बैंकद्वारा प्रस्तावित १२.५० प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकबाट स्वीकृत समेत भइसकेको

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को  मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश  दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साध

उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गरिने

नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणसभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । त्यसैगरी आ.ब २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षणको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । सभामा कोष सं

सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत, साधारणसभा मिति तय

बीमा समितिले सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत गरेको छ l कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समितिले स्वीकृत गरेको हो lबीमा समितिले लाभांश प्रस्ताव स्वीकृत गरेसंगै कम्पनीले बैशाख २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ।   कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश स्वीकृत गरेको छ । पुस २५ गते बीमा समितिले कम्पनीको आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको लाभांश स्वीकृत

नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बिमा समितिबाट स्वीकृत भएको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश वितरणको लागि बिमा समितिका साथै नेपाल सरकार (मन्त्रीस्तर) […]

प्रभु बैंकको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले प्रभु बैंक Prabhu Bank Limited को लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर २१ गते लाभांश स्वीकृत गरेको हो। बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो  । बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । राष्ट्र बैंकले लाभांश स्वीकृति गरेसंगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  ।

गणपति लघुवित्तको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले गणपति लघुवित्तको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले मङ्सिर ६ गते पत्राचार गर्दै साधारणसभाबाट पारित गराएर वितरण गर्ने लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ  ।यस संगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ । राष्ट्र बैंकले स्वीकृति दिएसंगै अब  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले नेप्से मार्फत जानकारी गराएको पत्रमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा नेपाल राष्ट्र बैंकको मिति २०७८ साल मंशिर ६ गते प्राप्त पत्रमार्फत यस वित्तीय संस्थाले प्रस्ताव गरेको चुक्ता पुँजी रु.१२,७३,५६,७५० (बाह करोड त्रिहत्तर लाख छपन्न हजार सात सय पचास मात्र) को १९ प्रतिशतका दरले हुन आउने रकम रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) का दरले बोनस शेयर वितरण गर्ने तथा सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागी १ प्रतिशतका दरले हुन आउने रकम रु. १२,७३,५६७.५० (बाह लाख त्रिहत्तर हजार पाँच सय सत्सट्टी रुपैया, पैसा पचास मात्र) का दरले नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश आगामी साधारण सभाबाट स्वीकृत गराई वितरण गर्न स्वीकृत प्राप्त भएको व्यहोरा जानकारीको लागी अनुरोध छ।'

माछापुच्छ्रे बैंकको साधारणसभा २६ कात्तिकमा

माछापुच्छ्रे बैंकले आगामी कात्तिक २६ गते २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।सेयरधनीलाई सञ्चित मुनाफाबाट एक अर्ब २० करोड रुपैयाँ बोनस सेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा […]

नागरिक लगानी कोषको लगानी एक खर्ब ७२ अर्ब

रासस। नागरिक लगानी कोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एकखर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ। सो अवधिसम्म रु एकखर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ। कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ। कोषको साधारणसभाले आर्थिक वर्ष२०७६/७७को आम्दानीबाट प्रस्तावित नौ प्रतिशत लाभांश शेयर र आठ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।