सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को  मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश  दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साध