सहकारीलाई निजी कम्पनीमा लगानीमा कडाइ

काठमाडौं, फागुन २ । सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ । विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा […]

सम्बन्धित सामग्री

सूचीकृत कम्पनीमा विदेशी लगानी स्वीकृत गर्नु नपर्ने

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको हो । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधनमार्फत राष्ट्र बैङ्कले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो । धितोपत्र बजारमा सूचीकृत कम्पनीमा […]

नेपाल आउने विदेशी १२ प्रतिशतले बढे

कोरोना संक्रमणपछि रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो । नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७७४ पुगेको छ । अघिल्लो वर्ष नविकरण र नयाँ गरेर १ […]

जो हाँक्दैछन् दुई अर्ब लगानीको औषधि कम्पनी

२०० करोड लगानीमा सञ्चालनमा आएको कम्पनीको उद्योग बाराको छत्रपिपरामा छ। बारा र काठमाडौँको कार्यालयमा गरेर कम्पनीमा लगभग ३५० कर्मचारी रहेको नेहा बताउँछिन्। महिलाले नेतृत्व गरेको कम्पनी भएकाले एभरेष्ट प्यारेन्टेरल्समा महिला कर्मचारीलाई विशेष स्थान छ।

४ वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्दै एयर इण्डिया

२ मंसिर, काठमाडौं । टाटा समूह एयर इण्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ । यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरसमेत एयर इण्डियामा गाभिने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार टाटा समूहले यो योजना सफल बनाएमा संसारकै शक्तिशाली एयरलाइन्स कम्पनीमध्ये […]

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो

कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो।गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ। गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आ

निजी कम्पनीमा लगानीमा गर्न सहकारीलाई कडाइ

सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ ।विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा ५ प्रतिशतसम्म मात्र बाह्य ऋण लिन पाइने र सदस्यहरूको बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । कम्पनीमा लगानी गर्न संस

सहकारीलाई निजी कम्पनीमा लगानीमा कडाइ

काठमाडौं । सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ । विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा ५ प्रतिशतसम्म मात्र बाह्य ऋण लिन पाइने र सदस्यहरूको बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । कम्पनीमा लगानी गर्न संस्थाको साधारणसभाबाट स्वीकृत गर्नुपर्ने प्रावधानसमेत राखिएको छ । सहकारी संस्थाका सञ्चालकहरूले आफै कम्पनीहरू खडा गरी संस्थाको रकम जथाभावी परिचालन गर्न थालेपछि विभागले लगानीमा कडाइ गरेको हो । सहकारी संस्थाहरूले हाउजिङ, स्कूल, कलेजमा समेत लगानी गर्ने गरेका छन् । यसैगरी, विभागले सहकारीहरूलाई आफ्नो कुल लगानीको ५१ प्रतिशत ऋण कृषि तथा वन, जलस्रोत, शिक्षा, स्वास्थ्य, शिक्षा, श्रम र शीपलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ । सहकारीहरूले एटीएम, क्यूआरकोड, मोबाइल बैंकिङ चलाउन संस्थाको विनियममा उल्लेख गर्नुपर्ने र यस्तो सेवा सञ्चालनका लागि सेवाप्रदायक संस्थाहरूसँग सम्झौता भएको १ महीनाभित्र नियामक निकायलाई जानकारी दिनुपर्ने व्यवस्था छ । सहकारी ऐन २०७४ जारी भएपछि विभागले आइतवार पहिलोपटक एकीकृत निर्देशन जारी गरेको हो । निर्देशनमा सहकारीहरूको सेवा केन्द्र कडाइ गर्दै स्वीकृतिविना सेवा केन्द्र, प्रादेशिक कार्यालयजस्ता काम गरेको पाइएका ठगीमा कारबाही गर्न सकिने व्यवस्था गरेको छ । सहकारीहरूले जोखिम व्यवस्थाबापतको रकम नछुट्ट्याएको अवस्था र तोकिएको न्यूनतम १० प्रतिशत तरलता व्यवस्थापन नगरी लाभांश बाँड्न नपाउनेसमेत निर्देशन गरिएको छ । संस्थाका सञ्चालक समितिका पदाधिकारीमध्ये ४९ प्रतिशतले मात्र ऋण लिन पाउने र उक्त ऋण लगानीको मासिक विवरण विभागका बुझाउनुपर्ने प्रावधान राखिएको छ । यस्तै सदस्यहरूलाई ऋणको नवीकरण गर्दा शून्य दशमलव ५० प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था पनि गरेको छ । सहकारीहरूले ऋणको नवीकरण गर्दा पनि नयाँ ऋण लगानीसरह नै शुल्क लिँदै आएका थिए । सहकारीहरूले प्राइभेट कम्पनीको शेयर, डिबेन्चर बोन्ड खरीदविक्रीका साथै घरजग्गामा लगानी गर्न नपाउने, सामाजिक सञ्जालबाट समेत बचत संकलनका लागि उपहार प्रलोभनसहितको प्रचारप्रसार गर्न नपाउने, विशिष्टीकृत संघमा लगानी गर्दा साधारणसभाबाट स्वीकृत गरेर मात्र लगानी गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ । सहकारीहरूले अन्तर सहकारी कारोबार गर्न नपाउने भएका छन् । संस्थाहरूले प्राकृतिक व्यक्तिका अतिरिक्त गैरनाफामूलक कम्पनी, स्थानीय गुठी क्लब, सामुदायिक विद्यालयका साथै सरकारी निकायसँग मात्र बचत संकलन गर्न पाउने व्यवस्था गरिएको छ । यसैगरी सुनचाँदी तथा शेयर धितो राखेर र एकाघरका परिवारबाहेक तेस्रो व्यक्तिको धितो लिएर समेत ऋण लगानी गर्न नपाउने प्रावधान निर्देशनमा उल्लेख छ ।

लागतमा आधारित लगानी व्यवस्थापन

लागतमा आधारित हुँदै लगानी व्यवस्थापन गर्दा प्रतिफल बढाउन लागत घटाउनु अनि लाभकर बचाउन लागत बढाउनुपर्छ । सेयरमा लगानी भनेको सामान्यतः सम्बन्धित कम्पनीमा लगानी गरी व्यवस्थापनमा सहभागी भई वा नभई नाफाघाटामा समानुपातिक हिस्सेदारी लिनु हो । लगानीमा कम्पनीको व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी र सहकार्य गर्दै मुनाफाबाट प्रतिफल खोजिन्छ । नेपालको सन्दर्भमा लगानीकर्ता भनाउँदा कारोबारीले सेयर […]

नयाँ पुनर्बीमा कम्पनीको प्रस्ताव माग

पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएकोले इच्छुक लगानीकर्तासँग बिमा समितिले पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरेको छ ।न्युनतम पुँजी १० अर्ब रुपैयाँको नयाँ बिमा कम्पनीमा यसअघि लगानी गरिसकेका लगानीकर्ताले लगानी गर्न पाउने छैनन् । समितिको यो नयाँ नियमले नेपाल पुनर्बीमा कम्पनीमा लगानी […]