सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढी आउन सक्ने

काठमाडौं । सिन्धुपाल्चोकको नकोटेको भारी वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा  भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १।५ मिटरले बढेको छ । मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउनुको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम […]

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा, बाढीको चेतावनी

काठमाण्डाै - कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ देखि ६ घण्टामा कञ्चनपुर र कैलालीको धेरै ठाउँमा भारी वर्षा भएको र राति १२ बजेसम्म थप वर्षा हुने भएकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत यस जिल्लाका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा भोलि बिहानसम्म सतर्क रहन शाखाले आग्रह गरेको छ ।    — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 8, ...

काठमाण्डौका विभिन्न ठाउँमा भारी वर्षा, बाग्मती र विष्णुमतीमा बाढीको चेतावनी

काठमाण्डाै – काठमाण्डौका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा सुन्दरीजल, जितपुर र आसपासकाे क्षेत्रमा ठूलो पानी परेकाले बाग्मती र विष्णुमती तथा अन्य साना खहरेमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले चेतावनी दिएको छ । नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन भनिएको छ । यस्तै गोरखाको बारपाकमा पनि भारी वर्षा भएकाले दरौँदी र अन्य खोलामा बाढीको चेतावनी जारी भएको छ ।

३ घण्टादेखि नवलपुरमा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – नवलपुरमा अहिले ठूलाे पानी परिरहेकाे छ । पछिल्लो तीन घण्टामा नवलपुरको अरुण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले जनाएको छ ।  अरुणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन विभागले जनाएको छ । नारायणी नदीमा पनि आज ठूलो बाढी आएकाले सतर्कता अपनाउन विभागले बिहानै सूचना जारी गरेको छ ।

कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ । नदी तटीय क्षेत्र र होचा […]

कैलाली आसपासका केही ठाउँमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो । कास्कीमा गएराति भारी वर्षा भएको थियो । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र ...

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ […]

कास्कीलगायत जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

कास्की, पाल्पा, अर्घाखाँची, नवलपरासी (ब.सु.पश्चिम), गुल्मी र आसपास धेरै स्थानमा भारी वर्षा भइरहेकाले सो क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।शनिबार बिहान सूचना जारी गर्दै महाशाखाले यी जिल्लाहरु भइ बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने बताउँदै उक्त जिल्लाका साना नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । उक्त जिल्ला भई यात्रा गर्दा पहिरो र गेग्रान वहावको जोखिम हुने भएकाले विहान ९ बजेसम्म यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ

डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...

इलाम, झापा र मोरङका धेरै स्थानमा भारी वर्षा, नदी वरपर उच्च सतर्कता अपनाऔं

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले अहिले इलाम, झापा र मोरङमा भारी वर्षा भइरहेकोले नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखालेसूचनामा भनेको छ, “हाल इलाम, झापा,मोरङको धेरै स्थानमा भारी वर्षा र थप वर्षा हुने,मेची, विरिङ, निन्दा,कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा,बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने, रातिसम्म उच्च सतर्कता अपनाऔं।”

६ घण्टादेखि भारी वर्षा हुँदा आकस्मिक बाढीको चेतावनी

पूर्वी राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले आकस्मिक बाढीको चेतावनी दिइएको छ । बाढी पूर्वानुमान महाशाखाले बुधवार बिहान ट्विटरमा सूचना राख्दै पछिल्लो ६ घण्टादेखि भारी वर्षामापन भएको जनाएको छ । ‘जलाधारका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने, नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउनुहोला,’ महाशाखाले जनाएको छ ।