सेयर कर्जा सीमा परिवर्तन नहुने राष्ट्र बैंकको स्पष्टोक्ति

सेयर बजारमा आएको गिरावट सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सोमबार उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन वार्तासमेत गरे । मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रभावित भएको भन्ने लगानीकर्ताको गुनासोका आधारमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग कुराकानी गरेका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्र बैंक घेराउ गर्ने लगानीकर्ताको चेतावनी

सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् ।राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था गरिएपछि बजार प्रभावित बन्दै निरन्तर घटिरहेको छ ।३२ सय अंक नजिक पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो साताभरमा २६