गण्डकी प्रदेश खेलकुद परिषद् नेतृत्वविहीन

काठमाडौँ,२५ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ । गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन् । प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ । राष्ट्रिय खेलकुद […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशस्तरीय नकआउट फुटबल हुने

पोखरा – गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। चैत अन्तिम साता प्रतियोगिता आयोजना गरिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा प्रतियोगिता हुनेछ। चैत २५ देखि ३० गतेसम्म पोखरा रंगशालामा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए। गुरुङको संयोजकत्वमा गठित आयोजक कमिटीको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको छ। […]

अनुमति नलिईकन पोखरा रंगशालामा खेलसहितका गतिविधि गर्न नपाइने

गण्डकी प्रदेश खेलकुद परिषद्ले क्षेत्रीय र जिल्ला खेलकुद विकास समिति कास्कीलाई रंगशालाभित्र हुने खेल गतिविधि प्रक्रिया पुर्‍याएर मात्र दिन पत्र काटेको छ प्रदेश खेलकुद परिषद् गण्डकीले खेल क्षेत्रमा भइरहेको बेथिति नियन्त्रण...

राष्ट्रिय खेलकुदको मुखमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव गुरुङको अवकाश

पर्वत : प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा अवकाश पाएका छन्।६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन्। खुला प्रतिस्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए।गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश सँगै प्रदेश खेलकुद परिषद् भने नेतृत्व विहीन हुन प

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सुरु भयाे खेलाडी प्रशिक्षण र छनाेट

कास्की – गण्डकी प्रदेशमा आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनाेट सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनाेट सुरु गरेकाे हाे । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमकाे उद्घाटन गर्नुभयाे ।  पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनाेट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनु...

एथलेटिक्स ट्यालेन्ट हन्टः गण्डकी प्रदेशबाट ४० जना छनोट गरिने

आगामी जेठ २८ गते शनिबार पोखरा रंगशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका धावकहरु दौडिने छन्। उनीहरुबाटै ४० जना धावकलाई ट्यालेन्ट हन्टको रुपमा छनोट गरेर प्रशिक्षण शुरु गरिने छ। १८ वर्षमुनिका धावकहरुको खोजी अभियानमा गण्डकी प्रदेश खेलकुद परिषद् जुटेको हो। परि...

गण्डकी प्रदेश सरकार : अन्तरराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माण प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सोमवार प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकुदतर्फ खेलकुदको विकासका लागि अन्तरराष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइने बताए ।      यसैगरी खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् र ११ ओटै जिल्लामा जिल्ला खेलकुद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।      गण्डकी प्रदेशमा यसअघि तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गतवर्ष कोरोनाका कारण आयोजना हुन नसकेकोमा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षभित्रमा फुटबल रंगशाला सम्पन्न गर्ने योजना संघ सरकारको बजेट कार्यक्रममा परेको थियो ।      प्रदेश सरकारले युवाको शीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिए । सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बीउ पूँजी, सहुलियतपूर्ण ऋण लगायत कार्यक्रम सञ्चालन गरिने बताएको छ । रासस

अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिमा अध्यक्षसहितका पदाधिकारी […]

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा गुरुङ

गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको निर्णयले गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

पोखरालाई खेलकुदको राजधानी बनाउँछौँ: मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश खेलकुद परिषद् छिट्टै गठन गर्ने बताएका छन् । मंगलाबार पोखरा रंगशालामा शुरु भएको टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले खेल पर्यटनका लागि खेलकुदको रणनीति बनाउने काम भइरहेको बताउँदै खेलकुदको विकासको लागि गण्डकी प्रदेश खेलकुद परिषद्को गठन छिट्टै हुने बताएका हुन् ।मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी प

परिषद् सदस्य सचिव बन्न चारजना चर्चामा

गण्डकी प्रदेश खेलकुद विधेयक २०७७ विधेयकलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरिसकेका छन्। प्रमाणीकरणसँगै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव चयनमा बाटो खुलेको छ।