अनुदान आसले बाख्रापालन व्यवसायमा आकर्षित हुँदै

धनकुटा : धनकुटामा पछिल्लो समय बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। अझ प्रदेश सरकारले किसानलाई अनुदान उपलब्‍ध गराउन थालेपछि किसान बाख्रापालनमा आकर्षित भएका छन्। यसको गतिलो उदाहरण हुन् धनकुटा नगरपालिका ९ महाङका किसान पशुपति भण्डारी।३ वर्ष अगाडि २ लाखको लगानीबाट २५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका भण्डारीले हालसम्म ६ लाख रुपैयाँ लगानी गरिसकेका छन्। भण्डारीको फर्ममा अहिले उन्नत जातका बोयर बाख्रा रहेका छन्। भण्डारीको फर्ममा अहिले ५० वटा माउ बाख्रा र बोयरको ५० प्रतिशतको बोका ५० वटा रहेका छन्।भण