काठमाडाैँ- नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नेपाली कांग्रेसले पार्टीका विभिन्न संरचना र संसदमा श्रमिकको प्रतिनिधित्व गराउन नसकेको गुनासो गरेका छन्। उनले आज पत्रकार सम्मेलन गरी देशभर चार लाखभन्दा बढी श्रमिक आवद्ध रहेको नेपाल ट्रेड युनियन कांग्रेसलाई पार्टीले बुझ्न नसकेको गुनासो गरेका हुन्। ‘पार्टीका निर्वाचन र संसद्को निर्वाचनमा मजदूरलाई परिचालन गरे पनि कांग्रेसले […]