अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले इतिहासको पानामा नयाँ कीर्तिमान बनाउन जारी राखेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।सात पटकको बालोन डि’ओर विजेताले खेलको २३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै उनले विश्वकपका हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्न सफल भएका छन् । त्यस्तै उनले एउटै विश्वकपको हरेक नकआउट चरणमा पनि गोल गर्न सफल भएका