काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । टोटनह्यामले यसै सिजन प्रिमियर डिभिजनमा उक्लिएको नटिङ्घम फरेष्टलाई २–० ले पराजित गरेकाे हाे । टोटनह्यामको जितमा दुवै गोल ह्यारी केनले गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले एस्टन भिल्लामाथि १–० को साँघुरो जित निकालेकाे थियाे । […]