हिमालय एअरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने घोषणा

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।  त्यसका लागि एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक बनेको छ । यस अनुसार एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने जनाइएको छ । नेपाल र मलेसियाको  नागरिक उड्डयन प्राधिकरण

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

२१ भदौ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ४ महिना पुग्न लाग्यो । तर, यो विमानस्थलको सुरक्षामा मुख्य अवरोधक भनिएको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीको उचाइ अझै घटाइएको छैन । यसले विमानस्थलमा उडान भर्ने विमानहरुको सुरक्षामा गम्भीर जोखिम र त्यसबारेको चासोहरु निम्त्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष छ । भैरहवा विमानस्थलको रन-वे पूर्व-पश्चिम फैलिएको छ […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) देखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । भर्खरै निर्माण सम्पन्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन पारेर कुवेतबाट २ सय ७८ यात्रु सहितको न्यारोबडी विमानले उडान भर्ने भएको छ। सो विमान सोमबार बिहान साढे २ बजे नेपालबाट ३० यात्रु भन्दा बढी बोकी कुवेतका लागि उडान […]