नियुक्त भएको ७२ घण्टा नबित्दै उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने

काठमाडौँ – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने भएका छन्। बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्। ‘म आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउँदै छु। मेरो यो फैसला अन्तिम […]

सम्बन्धित सामग्री

राजनीति ‘गन्धा’ छ तर अहिले ‘धन्दा’ छ

देश यतिखेर प्रधानन्यायाधीश प्रकरणमा रनक्क तातेको छ । प्रधानन्यायाधीश राणाले मन्त्रीमण्डल गठनमा भाग खोजेका र उद्योग मन्त्रीका रूपमा नियुक्त गजेन्द्र हमाल चोलेन्द्रका जेठान भएकाले राणा एकाएक विवादमा तानिए । नेपाल बार एसोसिएन एकमुख लागेर राणाको विरोधमा जमेर लागेको छ । उसले भनेको छ –‘राणाको राजीनामा नै एक मात्र विकल्प हो । नत्र हामी आन्दोलनमा जान्छौं ।’

राजीनामा गरेको भोलिपल्ट संसद्‍मा सुनाइयो गजेन्द्र हमाल मन्त्री बनेको सूचना !

मन्त्री बनेको ७२ घण्टा नपुग्दै राजीनामा गरेका गजेन्द्र हमाल मन्त्री बनेको सूचना प्रतिनिधि सभामा सुनाइएको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।  असोज २२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका हमालले आइतवार राजीनामा गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेका भनिएका हमालले स्वविवेकले राजीनामा गरेको बताएका थिए । प्रतिनिधि सभा बैठकमा एमालेले सोमवार पनि अवरोध कायम राखेक...