पूर्वी क्षेत्रका उद्योगीद्वारा लोडसेडिङ तालिका माग, मंगलवारसम्म पहल नभए आन्दोलन गर्ने चेतावनी

वैशाख १७, काठमाडौं । बिना पूर्वसूचना विद्युत् आपूर्ति अवरुद्ध भएको भन्दै पूर्वी क्षेत्रका उद्योगीहरुले आगामी मंगलवारसम्म आफ्ना मागहरुको उचित सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने घोषणा गरेका छन् । साथै उनीहरुले लगातार विद्युत् अवरुद्ध हुँदा उत्पादन प्रक्रियामा अवरोध हुन गई क्षति हुन गएकोले लोडसेडिङ तालिका पनि सार्वजनिक गर्न माग गरेका छन् । साथै उनीहरुले विद्युत् उत्पादक कम्पनीहरुले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको परिमाणभन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा प्रोत्साहन गरी संकट टार्नुपर्ने सुझाव पनि दिएका छन् ।  मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गर्दै केही दिनदेखि पूर्वसूचना बिना औद्योगिक क्षेत्रमा १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति अवरोध हुँदै आएको बताएका छन् । उनीहरुले दुई दिनदेखि २४ सै घण्टा विद्युत् आपूर्ति ठप्प भएको भन्दे नेपाल विद्युत् प्राधिकरण समक्ष लोडसेडिङ तालिका सार्वजनिक गर्न भनेका हुन् ।  दुई वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महीनायता भोग्नु परेको वित्तीय संकट तथा बढदो ब्याजदरले मरणासन्न पुर्‍याउको अवस्थामा बिना पूर्वसूचना विद्युतमा भएको यस प्रकारको अवरोधले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सृजना भएको उनीहरुको भनाइ छ । उद्योग सञ्चालनमा अक्सिजनको भूमिका निर्वाह गर्ने विद्युतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरी कुनै पनि तालिका सार्वजनिक नगरी पटक- पटक आपूर्ति बन्द गरिदिंदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको गुनासो उद्योगीले गरेका छन् । उद्योगीहरुले आवश्यक वस्तुलगायत सम्पूर्ण उत्पादन प्रक्रियानै ठप्प भई आपूर्ति श्रृखंला अवरोध हुनेतर्फ सम्बन्धी निकायलाई सचेत गराउँदै हाल उत्पन्न समस्याको तत्काल समाधान गर्न विभिन्न सुझावसमेत पेश गरेका छन् ।  सुझावहरु यसप्रकार छन् : लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने बिना पूर्वसूचना विद्युत् लाइन अवरुद्ध हुँदा उत्पादन प्रक्रियामा अवरोध हुने, कच्चापदार्थ, मिल मेसिनरीमा क्षति तथा श्रमिकको कार्य व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएकोले विद्युत् आपूर्तिको अवस्थालाई यथार्थ प्रस्तुत गरी लोडसेडिङको तालिका अविलम्ब सार्वजनिक गरी उद्योग सञ्चालन प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गर्दछौं । स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने  नेपालका विद्युत् उत्पादक कम्पनीहरुले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको परिमाणभन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा थप विद्युत् उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनलाई अधिकतम् उपयोग गरी वर्तमान संकटको समाधान गर्नुपर्ने ।  विद्युतको न्यायोचित वितरण गर्नुपर्ने  वर्तमान सुक्खा मौसममा नदिको प्रवाहमा आधारित (रन अफ दि रिभर) मा आधारित विद्युत् गृहबाट जडित क्षमताभन्दा कम विद्युत् उत्पादन हुनुका साथै भारतबाट समेत आशातित रुपमा विद्युत् उपलब्ध नभई रहेको वर्तमान अवस्थालाई मध्यनजर गरी विद्युत् आपूर्ति नियमित नहुञ्जेल विद्युत् आपूर्तिको समस्या राष्ट्रिय समस्याको रुपमा लिई भएकोले औद्योगिक क्षेत्रमा मात्रै विद्युत् अवरुद्ध नगरी पिक आवरमा उद्योग एवं ग्राहस्थ सबै क्षेत्रमा समानुपातिक र न्यायोचित वितरण गर्नुपर्ने । विद्युतको डिमान्ड शुल्क सम्बन्धमा  विद्युत् आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत् डिमाण्ड शुल्क लगाउनु उपयुक्त नभएकोले उक्त समयको डिमान्ड शुल्क खारेज गरिनुपर्ने । कूटनीतिक पहलबाट समाधान खोज्नुपर्ने सरकारले विद्युत् आपूर्ति अवरोध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर गरी कूटनीतिक पहल गरी यथाशक्य आपूर्ति नियमित गराउन पहल गर्नुपर्ने र सो संकटको समाधान खोज्नुपर्ने ।         

सम्बन्धित सामग्री

लुम्बिनीमा रोक्का जग्गा फुकुवा नभए आन्दोलन गर्ने चेतावनी

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको जग्गा रोक्का भदौ १५ गते भित्र फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौ १५ गते सम्म जग्गा फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । जग्गा फुकुवा संघर्ष समितिका संयोजक सुरज खड्काले राप्ती उपत्यकामा […]

उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग ...

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप

वादी समुदायले दियो कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं : वादी समुदाय संघर्ष समितिले सरकारसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै केन्द्रीय सरकार र कर्णाली प्रदेशसँग भएका सहमति अक्षरशः कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।वादी समुदाय संघर्ष समितिले नेपाल सरकारसँग २०६४ सालमा पहिलोपटक २६ बुँदे र दोस्रोपटक सुर्खेतमा भएको ५ बुँदे सहमतिमध्ये कुनै पनि सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै अक्षरशः कार्यान्वयन गर्न माग गरेको छ।प

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु नभए आन्दोलन गर्ने चेतावनी

धादिङर गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोठबिरुवाको मुआब्जा एक साताभित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।...

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण नभए आन्दोलन गर्ने चेतावनी

धादीङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा एक साता भित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।...

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

१४ माघ, काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघले दूधको मूल्य तत्काल बढाउन माग गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य लिटरमा १० रुपैयाँ नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘दूधको मूल्य नबढाउँदा किसानहरु पेशाबाट पलायन भए, स्वदेशी दूधले नपुगेर दूध आयात गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो,’ संघले भनेको छ, […]

नेपाल टेलिकमका कर्मचारीले दिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, ३२ साउन । नेपाल टेलिकमका कर्मचारीहरुले माग तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् । कर्मचारीहरुले अधिकार, सबै सुविधा कटौती हुने गरी साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा […]