प्रश्नकर्ता अपशब्द प्रयोग विषयमा आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प्रयोग गरेको जानकारी आयोगलाई प्राप्त भएको सन्दर्भमा स्थापितलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए […]

सम्बन्धित सामग्री

राखेपका सदस्यसचिव घिसिङसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग स्पष्टीकरण मागेको छ। नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले घिसिङसँग स्पष्टीकरण मागेको हो।‘तपाईँ राष्ट्रिय खेलकुद परिषद्‍को सदस्यसचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषयमा स्पष्ट खुलाई पेश गर्नुहोला’, स्पष्टीकरण पत्र भनिएको छ ।निर्वाचन आचारसंहिता

सदस्य सचिवदेखि उम्मेदवारसम्मलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । सदस्य सचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा उजुरी परेको थियो । आयोगले काठमाडौँको मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ । डडेलधुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी र उपप्रम

विद्यालयमा सभा गरेको विषयमा आयोगले सोध्यो मन्त्री बडूलाई स्पष्टीकरण

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (१) मा प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका […]

आयोगले सोध्यो कोमल वलीलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।...

दीपक मनाङेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मनाङ ‘ख’ का प्रदेशसभा उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) लाई स्पष्टीकरण सोधेको छ । उनले निर्वाचन खर्चको विषयमा गरेको टिप्पणीलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ……३० लाखमा नेपालमा चुनाव जित्छ यार……मनाङमा […]

दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताविरुद्ध तामझाम र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । ‘मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको […]

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

३० साउन, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयमा दिएको अभिव्यक्तिमाथि थप विवरण माग गरेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । केही दिनअघि अध्यक्ष प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको अभिव्यक्ति दिएका थिए । […]

बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं: निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ ।भट्टराईले मतदानका क्रममा मत संकेत गरेको फोटो सार्वजनिक गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगका  सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिए। भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ ।  पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले समय दिएको छ ।कानून अनुसार मत संकेत गरेको मतप

प्रचण्डको विषयमा आयोगले प्रहरी प्रमुखहरु र सिडियोसँग पनि माग्यो स्पष्टीकरण

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान मौन अवधिमा माडी गएको विषयमा निर्वाचन आयोगले उनीमाथि मात्र स्पष्टीकरण सोधेन, चितवनका सिडियो, प्रदेश प्रमुख र बागमती प्रहरी प्रमुखसँग पनि स्पष्टीकरण सोधेको छ। आयोगले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडीओ) र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी)लाई स्थानीय तह निर्वाचन अन्तर्गत मौन अवधिमा दाहाल माडी […]

मन्त्री झाँक्रीलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आचारसंहिता लागू भएपछि अमेरिका भ्रमण गरेको विषयमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोग स्रोतका अनुसार निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन। झाँक्री कुनै अनुमति वा जानकारी बिना नै अमेरिका भ्रमणमा गएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। मन्त्री झाँक्रीको विषयमा उजुरी परेको र […]