कोरोना संक्रमित नगर प्रमुख र वडा अध्यक्षको निधन

काठमाडौं : कोरोना संक्रमणबाट नगर प्रमुख र वडा अध्यक्षको निधन भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा र बाजुराको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार विकको निधन भएको हो। दुबै जनाको शनिबार निधन भएको हो। बुढाको आज (शनिबार) नर्भिक अस्पताल काठमाडौंमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पुष्टि गरे। बुढा लामो समयदेखि सुगर र प्रेसरको बिरामी रहेको बुझिएको छ। बुढा उपचारकै लागि गत चैतदेखि काठमाडौंमा थिए। यस्तै वडा अध्यक्ष विकको श

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा कोरोना संक्रमित मतदाताका लागि छुट्टै बुथ

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा आज बुथ निर्माण गरिएको छ । मतदान केन्द्रमा तीनवटा बुथको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य, नगर प्रमुख/उपप्रमुख र कोरोना संक्रमित मतदाताका लागि गरी छुट्टाछुट्टै बुथ निर्माण गरिएको निर्वाचन अधिकृत विरेन्द्र मिश्रले जानकारी दिए ।  मतदाताहरूले मतदान केन्द्रमा...

भक्तपुरमा कोरोना संक्रमण बढन थल्यो, मध्यपुरका मेयर संक्रमित

मुलुकभर कोरोना संक्रमण बढन थालेको छ । त्यसको असर भक्तपुर जिल्लामा पनि देखिएको छ ।  स्वास्थ कार्यालयले दिएको तथ्यांकअनुसार शनिबार भक्तपुरमा १ सय ५४ जना कोरोना संक्रमित थपिएका हुन् ।  जसमा भक्तपुर नगरपालिकामा २७, चाँगुनारायणमा १३, मध्यपुर थिमीमा ४८, सूर्यविनायक नगरपालिकामा ४१ जना रहेका छन् । २५ जना संक्रमितको भने ठेगाना खुलेको छैन । मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।  शुक्रबार मात्रै  भक्त

चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरी कोरोना संक्रमित

काठमाडौं  । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण  भएको छ । स्वास्थ्यमा सामान्य  समस्या  देखिएपछि  सोमवार  पीसीआर गर्दा  उनको रिपोर्ट पोजिटिभ आएको हो ।  गिरी अहिले थानकोट स्थित प्राथमिक अस्पताल थानकोटका स्वास्थ्यकर्मीहरूको निगरानीमा होम आइसोलेसनमा रहेका छन् । नगर प्रमुख गिरी होम आइसोलेसमा रहनुभएको उनका स्वकीय सचिव सचिव भुवन गिरीले जानकारी दिए ।नगर प्रमुख गिरीको  अवस्था सामान्य रहेको रहेको छ । गिरी कोभिड १९ रोकथाम तथ न्यूनीक

चौरजहारीमा अक्सिजन प्लान्ट सञ्चालनको तयारी

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमित र अक्सिजन नपाएर ज्यान गुमाउनेहरू बढिरहेका बेला नगरपालिकाले अक्सिजन प्लान्ट जडानको तयारी गरेको हो । लक्षणसहितका कोरोना संक्रमितको सफल उपचारका लागि अक्सिजन प्लान्ट आवश्यक भएको भन्दै खरीद प्रक्रिया शुरू गरिएको नगरपालिकाले बताएको छ । अक्सिजन प्लान्ट जडान गरेर संक्रमितको प्रभावकारी ढंगले उपचार गरिने नगर प्रमुख विशाल शर्माले बताएका छन् । चौरजहारी अस्पतालसँगको समन्वयमा जडान गर्न लागिएको अक्सिजन प्लान्ट प्राविधिक समस्या नआए एक हप्तामा सञ्चालन हुने उनको भनाइ छ । यसका लागि करीब ९० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ‘अहिले कर्णाली प्रदेश सरकारलाई केही सहयोगका लागि माग गरेका छौं,’ नगर प्रमुख शर्माले भने, ‘प्रदेशबाट हुन सकेन भने पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।’ चौरजहारी नगरपालिकाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न सचेनामूलक कार्यक्रमका साथै ४५ शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरेको छ । नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारीमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरको व्यवस्थासहित १५/१५ शय्याका आइसोलेशन केन्द्र बनाइएको नगर प्रमुख शर्माले जानकारी दिए । नगरपालिकाले १ करोड २३ लाख रुपैयाँ लागतमा गतवर्षको असारदेखि पीसीआर परीक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । चौरजहारीमा अक्सिजन प्लान्ट सञ्चालन भएपछि पश्चिम रुकुमका साथै छिमेकी जिल्ला सल्यान र जाजरकोटका बिरामी समेत लाभान्वित हुनेछन् ।

तिलोत्तमा नगरपालिकाले बनायो ४० बेडको कोभिड अस्पताल

५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन […]

मेयर र उपमेयर चढ्ने गाडी एम्बुलेन्स बनाएर कोरोना संक्रमितको सेवामा प्रयोग

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गरिएको छ ।  नगर प्रमुख बाशुदेव घिमिरेले चढ्ने लु१ज ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु१झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो ।  ‘बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा हामी गाडीमा चढ्नुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागेका हौं,’ नगर प्रमुख बाशुदेव घिमिरेले लोकान्तरसँग भने, ‘चालक पुरानै हुनेछन् । २४ घण्टामा जुनसुकै बेला संक्रमित बिरामीले फो...

अक्सिजन आपूर्ति सहज बनाउन नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोकाबीच छलफल

युवा वैज्ञानिक मार्शल रोकाले भीमसेन शहरी प्रवद्र्धन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने बताएका छन् । २० वटा वेडलाई पुग्ने गरी अक्सिजनको पाइपलाइन विस्तार गर्न लागेको वैज्ञानिक रोकाले बताए । अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा बोलाएका थिए । नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोकाबीच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजीका विषयमा पनि गम्भीर छलफल भएको ...

कोरोना संक्रमितलाई अक्सिजन निःशुल्क

वीरगन्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो ।वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख […]

वीरगञ्ज महानगरले अक्सिजन नि : शुल्क वितरण गर्ने

वैशाख १४, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित बढेर उपचारमा अक्सिजनको अभाव हुन थालेपछि वीरगञ्ज महानगरले निःशुल्क अक्सिजन वितरण गर्ने भएको छ । महानगरले मंगलवार अक्सिजन बैंक स्थापना गरेको हो ।  महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा अक्सिजन बैंक स्थापना भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।     कोभिड संक्रमणमा अक्सिजन अभाव भएर जीवन जोखिममा रहेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गरिने नगर प्रमुख विजयकुमार सरावगीले बताए । होम आईसोलेशनमा उपचार गराइरहेकाहरूलाई आवश्यक पर्ने औषधी, अक्सिजन र त्यसमा लाग्ने किटसमेत निःशुल्क बितरण गरिने महानगरले बताएको छ ।