कोभिडविरुद्धको खोप उपलब्ध गराउन रूसी महासङ्घ सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले हिजो (बिहीबार) भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न […]

सम्बन्धित सामग्री

अफ्रिकामा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन डब्लुएचओको आग्रह

२१ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिडविरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरू देशहरूको तुलनामा निकै नै थोरै […]

ढुवानीका साधनलाई धरपकड नगर्न माग

अधिकृत विक्रेता सङ्घ कास्कीले दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।     सङ्घका अध्यक्ष मनोजकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।     मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग ...

कोभिडविरुद्धको खोप उपलब्ध गराउन नेचर गाइडको माग

चितवन । सौराहाका नेचर गाइडहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग गरेका छन् । पर्यापर्यटन व्यवसायमा नेचर गाइडले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भन्दै नेचर गाइड एशोसिएशन, चितवनले शनिवार सौराहामा पत्रकार सम्मेलन गर्दै खोप उपलब्ध गराउनुपर्ने लगायत माग सरकारसँग गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र धामीले खोपका लागि आफूहरूले पटक पटक अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेको बताए । ‘अब निषेधाज्ञा पनि खुकुलो भयो । पर्यटन व्यवसाय पनि केही खुकुलो हुँदै गएको छ । अब हामीले पनि खोप लगाउन पाउनुपर्‍यो,’ उनले भने । पर्यटकलाई कोभिडको जोखिमबाट सुरक्षा महसूस गराउन र संक्रमण न्यूनीकरणका लागि पनि खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । नेचर गाइडहरूले लाइसेन्स नवीकरण शुल्क मिनाहा हुनुपर्ने, आफ्नो काम तत्काल गर्न पाउनुपर्ने, नभए विकल्प दिनुपर्ने र यसलाई व्यावसायिक एवं मर्यादित बनाउन कार्यविधि बनाउन समेत माग गरेका छन् । संघका पूर्वअध्यक्ष एवं सल्लाहकार उदयचन्द्र अर्यालले ट्रेकिङ गाइड र टुर गाइडलाई खोप दिइएको, तर नेचर गाइडलाई विभेद गरिएको गुनासो गरे । ‘खोप पाइएको छैन, काम पाइएको छैन । दक्ष जनशक्ति पलायन भएका छन्,’ उनले भने, ‘नेचर गाइडलाई सरकारबाटै बेवास्ता गरियो ।’ पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा नेचर गाइडले मासिक २० हजारदेखि ७० हजारसम्म आम्दानी गर्दै आएकोमा गत सालदेखि नै अधिकांश नेचर गाइडले पेशा नै परिवर्तन गर्नुपरेको अर्यालको भनाइ छ । पर्यटन क्षेत्रमा दक्ष नेचर गाइडको अभाव रहेको भन्दै उनले देशको पर्यटन प्रवर्द्धन र संरक्षणमा सचेतना जगाउन नेचर गाइडको भूमिका महत्त्वपूर्ण हुने बताए । संघमा आबद्ध नेचर गाइड ७०० भन्दा बढी छन्, जसमध्ये व्यावसायिक नेचर गाइड करीब ५०० जना छन् । यीमध्ये ४०० जनाले सौराहालाई कार्यक्षेत्र बनाएका छन् भने बाँकी अन्य पर्यटकीय क्षेत्र मेघौली, पटिहानी, माडी, नवलपुरको माडी लगायत पर्यटकीय क्षेत्रमा आधारित छन् ।

यातायात मजदूरलाई कोभिड खोप उपलब्ध गराउन माग

काठमाडौँ  : नेपाल यातायात व्यवसायी महासंघले आफ्ना मजदूरलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । महासंघ र मजदूर ट्रेड युनियनका प्रतिनिधिले  काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्ड पालना गर्दै सवारी चलाउन दिनुपर्ने बताएका …

संघीय सरकारसँग खोप खरिदको अनुमति माग्दै स्थानीय तह

केन्द्र सरकारले कोभिडविरुद्धको खोप समयमै उपलब्ध गराउन नसकेको भन्दै एक दर्जनभन्दा बढी स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँग खरिदका लागि मागे अनुमति केही दिनयता स्थानीय तहले कोभिडविरुद्धको खोप खरिद गर्न संघीय सरकारसँग अनुमति...

खोप किन्न दुई पालिकाले मागे अनुमति

तनहुँ। सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्। म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो। सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैंले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो।

पत्रकारलाई पीसीआर परिक्षण, खोप र स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समाचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिडविरुद्धको खोप र स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेको छ ।

नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन रूस सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ...

नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन रूस सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।

नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन रूस सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेका थिए ।राजदूत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दु