ललितपुरका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं : ललितपुर महानगरपालिकाले आजरदेखि ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ। महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो। महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ। ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५,...

सम्बन्धित सामग्री

६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई  ‘बुस्टर’ डोज दिने तयारीमा सरकार

माघ १५, काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।             भाइरसविरुद्धको खोप लगाएको ६ महीना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रवार बसेको मन्त्रिस्तरीय बैठकले ७७ ओटा जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ ।             विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको हो । बुस्टर डोजअन्तर्गत पहिलो र दोस्रो मात्राअन्तर्गत कोभिसिल्ड, अस्त्रजेनेका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिसिल्ड वा अस्त्रजेनेका खोप दिने, पहिला मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा अस्त्रजेनेका दिन मन्त्रालयले पत्राचार गरेको छ ।             यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्त्रजेनेका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्त्रजेनेका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ । मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो । अहिलेसम्म बुस्टर डोज २ लाख ९९ हजार नौ जनालाई लगाइएको छ ।  रासस

आजदेखि अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै

काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाइँदैछ ।

आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएको छ  । महाशाखाले जापानबाट र भुटानबाट आएको खोप लगाइने जनाएको छ ।   का

भुटानले दिने ३ लाख डोज कोभिसिल्ड खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं । भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका (कोभिसिल्ड) खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ । चार्टर्ड फ्लाइटबाट सो परिमाणको खोप आउन लागेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । मुलुकका १६ लाख ज्येष्ठ नागरिक कोभिसिल्ड खोपको दोस्रो मात्राको […]

जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, १० लाख ज्येष्ठ नागरिकलाई लगाइने

काठमाडौं : जापानले नेपाललाई कोरोना विरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । कोभ्याक्स सुविधामार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेका खोप जापानमै उत्पादित रहेको बताइएको छ। अक्सफोर्डको एस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो। यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ ...

‘कोभिसिल्ड’ लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप खै ?

रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन् ।

ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज लगाउने चिन्ता

बैतडी : कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएका बैतडीका ज्येष्ठ नागरिकलाई खोपको दोस्रो मात्रा दिने विषयमा अझै पनि अन्योल रहेको छ।जिल्लामा देशभरी जस्तै ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्ड खोपको पहिला मात्रा लगाएको भए पनि दोस्रो मात्रा कहिले लगाउने भन्ने विषयमा अनिश्चितता कायमै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।उनले भने,‘कोभिसिल्ड खोपको आयात नै नभएकाले कहिले दोस्रो मात्रा लगाउने भन्ने विषयमा यकिन छैन।’ बैतडीमा गत फागुन २३ देखि चैत २ गते सम्म ज्येष्ठ नागरिकलाई

खोप खरिद : चीनबाट ४० लाख डोज सुनिश्चित, भारतबाट अनिश्चित

- कोभिसिल्ड खोप पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन खोप अभाव   - अमेरिका, रुस,

'जोनसन र एस्ट्राजेनाकाको खोप छिटै आउँछ'

कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म  त उनीहरुलाई  दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन ।  भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा  एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा  लगाउन लागिएको हो  । कोभिसिल्ड खोप नपाउने पक्का जस्त...