जनकपुरधाम : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाज पार्टी (जसपा) को समायोजन कार्य पूरा नहुँदै केन्द्रमा देखिएको विवादले पार्टी फुटको संघारमा पुगेको छ।महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेर लागेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच औपचारिक रुपमा नभए पनि कित्ता काटको अवस्था स्पष्ट रुपमा देखिएको छ।यस केन्द्रीय राजनीतिमा देखिएको फुटको असर प्रदेश २ को राजनीतिमा पनि हुने अवस्थाको सृजना भएको छ। जसपा फुटको संघारमा लगभग पुगेको हुँदा प्रदेश