काठमाडौँ – निर्वाचन आयोगले चुनाव प्रचारका लागि सामाजिक सञ्जालमा गरिने खर्च पनि सीमाभित्रै रहनुपर्ने जनाएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोनयसँगै उम्मेदवारहरुले समाजिक सञ्चारबाट समेत प्रचार प्रसार थालेका छन्। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट ‘बुष्ट/स्पोन्सर’ गर्दा गरको खर्च समेत हिसाब हुने जनाएको छ। प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, […]