विश्व स्तनपान सप्ताह सुरु, स्तनपान आमा र शिशु दुवैलाई फाइदा

काठमाडौं :  विश्व स्तनपान सप्ताह सुरु भएको छ। ‘स्वस्थ र सुन्दर संसार स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम भने प्रभावित भएका छन्। आज सुरु भएको सप्ताहा साउन २३ गतेसम्म मनाइनेछ। स्तनपान संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्ले सन् १९९२...

सम्बन्धित सामग्री

प्रचुर मात्रामा स्तनपान

हरेक वर्षझैँ अगस्त १ देखि ७ सम्म नेपालमा पनि ‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ। विश्व स्तनपान सप्ताहको मुख्य उद्देश्य स्तनपानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गरी विश्वभरका आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नु हो। आमा तथा शिशुको सर्वोपरि स्वस्थ जीवनका लागि स्तनपानको महìवबारे व्यापक चेतना अभिवृद्धि गर्न विश्व स्तनपान सप्ताह मनाउन परिवार, समुदाय, स्वास्थ्य, शिक्षा, सेवा, कार्यस्थल, सङ्घसङ्गठन तथा राष्ट्रलाई सघाउन यस वर्षको नाराले आह्वान गरेको छ। स्तनपान सप्ताहलाई विश्वव्यापी रूपमा सन् १९९२ देखि हरेक वर्ष अगस्त महिनाको १–७ तारिखसम्म मनाउन सुरु गरिएको हो।

शिशुको स्वस्थ जीवनका लागि स्तनपान

हरेक वर्षझैँ यस वर्ष पनि विश्वका एक सय बीसभन्दा बढी मुलुकमा एक हप्तासम्म ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वव्यापी जनचेतना अभिवृद्धि गरी स्तनपानलाई मानव अधिकारका रूपमा सम्मान, सुरक्षा एवं परिपूर्ति गरिनुपर्ने दिशातर्फ विश्व स्तनपान सप्ताह केन्द्रित छ । विश्व स्वास्थ्य सङ्घले आमा तथा नवजात शिशु स्याहारमा लाग्न सम्पूर्ण सङ्घसंस्थालाई आह्वान गरेको छ ।