बंगलादेश र श्रीलंकाबीचको खेल शुरु

एजेन्सी। कोभिड–१९ संक्रमित भनिएको तीनमध्ये दुईको नजिता नेगेटिभ आएपछि बंगलादेश र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट शुरु भएको छ। यसअघि श्रीलंकाका तीन खेलाडीको कोभिड–१९ पोजेटिभ आएपछि दुई देशबीचको खेल स्थगित हुने भनिएको थियो। तर पुर्नपरिक्षण गर्ने दुई खेलाडीको नतिजा नेगेटिभ आएपछि खेल शुरु भएको हो। ढाकामा बंगलादेशले टस जितेर ब्याटिङ गरिरहेको छ।

सम्बन्धित सामग्री

नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : बलियो प्रतिस्पर्धीको रोमाञ्चक खेल

१० असोज, काठमाडौं । मंगलबार दशरथ रंगशालामा  हुने मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश २४ औं पटक आमने सामने हुँदैछन् । फिफा वरियतामा नेपाल भन्दा बंगलादेश १६ स्थान तल छ । तर इतिहास हेर्ने हो भने नेपालसँगको खेलमा बंगलादेशकाे नतिजा माथि छ । हालसम्म नेपाल र बंगलादेशबीच २३ खेल भएको छ । जसमा बंगलादेश १३ खेलमा […]

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी किरणले गर्ने

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेश विरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको छ ।तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।

महिला साफ : नेपाल-बंगलादेश बीचको फाइनल खेल (तस्वीरमा)

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेश उपाधि जित्न सफल भएको छ। आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश साफको नयाँ च्याम्पियन बनेको हो।यसपटक बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै सीमित हुनु पर्‍यो। बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले दोस्रो हाफमा १ गोल फर्काइन्।साफ च्याम्पियनसिपको फाइनल खेल (तस्वीरमा):

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् । बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु […]

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेल जित्ने लक्ष्य

२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । एन्फा मुख्यालयमा बिहीबार भएको अन्तर्क्रिया कार्यक्रममा उनले मैत्रीपूर्ण खेल भए पनि जितका लागि खेल्ने बताए । ‘मैत्रीपूर्ण खेल भएपनि बंगलादेश विरुद्ध जितकै लागि खेल्ने हो’, हुमागाईँले भने, ‘यसका लागि हामी सबै […]

टी २० विश्वकपमा आज दुई खेल, पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' का दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धामा उत्रनेछन्। अबुधाबी स्थित जायेद क्रिकेट स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। अंकतालिकामा ३ खेलबाट ४ अंक जोडेको साउथ अफ्रिका समूह तालिकाको दोस्रो स्थानमा छ भने तीनवटा खेलमा पराजय…

खेलाडी कोरोना संक्रमित भएपछि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द

एजेन्सी। बंगलादेश भ्रमणमा रहेको श्रीलंकान क्रिकेट टिमका बलिङ प्रशिक्षक चामिन्डा भास तथा बलर इसुरा उदाना र शिरान फर्नान्डोलाई कोरोना भाइरस संक्रमण देखिएको छ। विश्वकप सुपर लिगअन्तर्गत श्रीलंकाले आजबाट बंगलादेशविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै थियो। तर खेलाडीमा कोरोना संक्रमण देखिएपछि आजको खेल स्थगित भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। अन्य खेलाडी दोस्रो आरटी-पीसीआर टेष्टको नतिजा कुरिरहेका छन्।