खेलाडी कोरोना संक्रमित भएपछि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द

एजेन्सी। बंगलादेश भ्रमणमा रहेको श्रीलंकान क्रिकेट टिमका बलिङ प्रशिक्षक चामिन्डा भास तथा बलर इसुरा उदाना र शिरान फर्नान्डोलाई कोरोना भाइरस संक्रमण देखिएको छ। विश्वकप सुपर लिगअन्तर्गत श्रीलंकाले आजबाट बंगलादेशविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै थियो। तर खेलाडीमा कोरोना संक्रमण देखिएपछि आजको खेल स्थगित भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। अन्य खेलाडी दोस्रो आरटी-पीसीआर टेष्टको नतिजा कुरिरहेका छन्।