इजलासमा नगइ न्यायाधीशहरु सामूहिक छलफलमा

काठमाडौँ – सर्वोच्च अदालतका ‘बिद्रोही’ न्यायाधीशहरु इजलासमा नगई सामूहिक छलफलमा जुटेका छन्। प्रधानन्यायाधीशले बिहीबारका लागि सबै प्रकृतिका मुद्दाको पेशी तोकेकी इजलास गठन गरे पनि न्यायाधीशहरु सामूहिक छलफलमा जुटेका हुन्। उनीहरुले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको भावी स्वरुपबारे छलफल गरिरहेका हुन्। न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेका छन्। तर प्रधानन्यायाधीश राणा भने राजीनामा नदिने अडानमा अडिग छन्। […]

सम्बन्धित सामग्री

असन्तुष्ट समूहबाट अलग भएका न्यायाधीश पनि इजलासमा बसेनन्

३० कात्तिक, काठमाडौं । असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् । तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए । मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा […]

असन्तुष्ट समूहको छलफलमा नजाने पाँच न्यायाधीशको निर्णय

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच फाटो आएको छ । पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए […]

न्यायाधीश चुडाल इजलासमा, बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा रहेका बेला न्यायाधीश कुमार चुडाल इजलासमा बसेका छन्। बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश चुडालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि तोकेका...

प्रधानन्यायाधीशले तोकेको इजलासमा बसे चुडाल, अन्य न्यायाधीश छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् । यसअघि न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश आफू इजलास नबस्न सहमत भएपनि आज आफ्नोसहित ६ वटा इजलास तोकेका हुन् ।  बहुमत न्यायाधीशले प्रधानन्यायाधीशमाथि प्रश्न उठेकाले राजीनामाको माग गर्दै

न्यायाधीशहरु इजलासमा फर्किए, बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने

काठमाडौं, १५ कार्तिक । बेञ्च बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । उनीहरु बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भन्दै आजबाट इजलासमा फर्किएका हुन् । यसअघि उनीहरुले ८ दिनदेखि बेन्च बहिष्कार गर्दै आएका थिए । इजलासमा फर्किनुअघि ती न्यायाधीशहरु छुट्टै छलफलमा बसेका थिए । उता, प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले पनि आज बन्दी प्रत्यक्षीकरणबाहेक […]

आज पनि इजलास नगई सामूहिक छलफलमा न्यायाधीशहरु

काठमाडौँ – सामूहिक छलफल भन्दै आज पनि सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा गएनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज आफूसहित १४ जना न्यायाधीशका लागि आठ वटा इजलास तोकेका थिए। आठ वटा इजलासमा १७२ वटा पेशी चढाइएको थियो। राणाले संयुक्त इजलास तोकेका कुमार चुडालसमेत अन्य न्यायाधीशहरुसँग सामूहिक छलफलमा बसेका छन्। जसले गर्दा प्रधानन्यायाधीश राणासमेत इजलासमा बस्न पाएनन्। प्रधानन्यायाधीश […]

इजलासमा नबसी न्यायाधीशहरु सामूहिक बैठकमा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरु इजालासमा नगई सामूहिक छलफलमा जुटेका छन् । विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए । तर न्यायाधीशहरु भने इजलासमा नगएर सामूहिक छलफलमा जुटेका हुन् । प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेको न्यायाधीशहरुले इजलासमा बस्ने नबस्ने बारे बैठकमा छलफल गरिरहेका छन् […]

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

जसपाको आधिकारिकता विवाद :  निर्वाचन आयोगको इजलासमा बहस सुरु

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा भएको विवाद समाधानका लागि  निर्वाचन आयोगको इजलासमा बहस सुरु भएको छ ।   जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । तर, छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ सुरु गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको आधिकारिकता दाबी गर्न दुवै पक्षका कानुन व्यवसायीले बहस गर्न पाउने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी र...