रुसी आक्रमणपछि पहिलोपटक चिनियाँ र युक्रेनी अधिकारीबीच संवाद

८ असोज, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । गत फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच बिहीबारको बैठक पहिलो होे । शुक्रबार, युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गर्दै […]

सम्बन्धित सामग्री

भारतीय तेल प्रशोधन कम्पनीद्वारा रुसलाई युआनमा भुक्तानी

काठमाडौं । भारतका तेल प्रशोधन कम्पनीहरूले रुससँग किनेको कच्चा तेलको भुक्तानी चिनियाँ युआनमा गर्न लागेका छन् ।  रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै हालै यसबारे समाचार छापेको छ । मस्कोमाथि पश्चिमी देशहरूले प्रतिबन्ध कसिलो बनाएको समयमा रुसमा तेल ग्राहकहरू भुक्तानीमा डलरको विकल्प खोज्न बाध्य भइरहेको बेलामा भारतले पनि युआन चलाएको हो ।  गएको वर्षको शुरुमा युक्रेनमाथि आक्रमण गरेयता रुसको मुख्य निर्यात वस्तु तेलको व्यापार प्रवाह चौपट बनेको छ । पश्चिमी देशहरूले नकिनेको तेल उसले समुद्र मार्ग भएर भारी छूटमा भारत र चीनलाई बेच्न थाल्यो । जुनमा भारतको रुसी तेल खरीदले नयाँ उचाइ छोएको छ । बजार विश्लेषण कम्पनी केप्लरमा कच्चा तेल विश्लेषक भिक्टर काटोनाका अनुसार भारतले जुनमा दैनिक २२ लाख ब्यारेल रुसी कच्चा तेल किनेको छ । योसँगै रुसी तेल खरीद लगातार १० औं महीना पनि बढेको छ । जुनको रुसी तेल खरीद साउदी अरब र इराकको जोडेर हुन आउने भन्दा पनि धेरै छ । तर भारतको टाउको दुखाइ भने आफूमाथि प्रतिबन्ध नलाग्ने गरी रुसलाई कसरी केमा भुक्तानी गर्ने भन्ने छ । परम्परागत रूपमा विश्व व्यापारमा भुक्तानी माध्यमको रूपमा डलरकै प्रयोग हुँदै आएको छ । तर, युक्रेनी आक्रमण यता चिनियाँ युयानले रुसको वित्तीय प्रणालीमा डलरको विकल्प बनिरहेको छ । चीनले पनि रुससँग किनेको अधिकांश तेलको भुक्तानी युआनमै गरिरहेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) भारतमा सबैभन्दा धेरै रुसी तेल किन्ने कम्पनी हो । स्रोतहरूका अनुसार जुनमा पहिलो पटक आईओसी युआनमा भुक्तानी गरेको थियो । अन्य प्रशोधन कम्पनीहरूले भने अन्य मुद्रामा भुक्तानी गरिरहेका छन् । भारतीय तेल कम्पनीहरूले रुसलाई भुक्तानी गर्न यूएईको दिराम, रुसी रुबल र भारु समेतका विकल्पहरूबारे पनि विचार गरिरहेका छन् । रुसी कच्चा तेल पश्चिमी देशहरूले तोकेको मूल्य सीमा अर्थात् प्रतिब्यारेल ६० डलरमा किन्ने हो भने डलरबाहेकका यी मुद्रामा भुक्तानी गर्दा अन्तरराष्ट्रिय प्रतिबन्धले छुने छैन । भारतीय कम्पनीहरूले कति तेलको भुक्तानी युआनमा गरेको भन्ने स्पष्ट भएको छैन । रुसको भारी छूटका कारण भारतीय तेल आयातकर्ताहरूको ७ अर्ब डलरभन्दा बढीको रकम बचेको बताइएको छ । एजेन्सी

जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति

विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्। यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले यस वर्ष भिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ । टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो ।

जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति

एजेन्सी – विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्। यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले अयस वर्ष भिनेत्री मिसेल योहलाई […]

सी र पुटिनबीच उज्वेकिस्तानमा भेट

युक्रेन मामिलामा बेइजिङले ‘सन्तुलित अडान’का लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई धन्यवाद दिएका छन्।दुई शीर्ष नेताबीच उज्वेकिस्तानमा भएको भेटमा पुटिनले सीलाई धन्यवाद दिएका हुन्। मस्कोले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुस र चीनका राष्ट्रपति पहिलोपटकबिहीबार उज्वेकिस्तानको समरकन्दमा प्रत्यक्ष भेटेका हुन्।पछिल्ला दिनमा रुसी फौजले यसअघि नियन्त्रणमा लिएका युक्रेनी क्षेत्रहरू गुमाइरहेको महत्त्वपूर्ण समयमा सांघाई सहकार्य संगठनको सम्मेलनको अवसरमा दुई नेताहरू

सस्ता चिनियाँ टायरका कारण रुसी ट्यांकहरु हिलोमा अड्किए !

डेलिमेल । युक्रेन हमला सुस्ताउँदै जानु पछाडिको मुख्य कारण रुसी सैन्य सवारी साधनहरु पनि भएको बताइएको छ जुन हाल युक्रेनी सडकहरुमा जताततै हिलोमा फसेको, ट्यांकहरु अड्किएको देखिन्छ । यसमा रुसी अधिकारीहरुले बलियो टिकाउ महङ्गा टायरको बदलामा सस्तो चिनियाँ वैकल्पिक सामग्रीहरु आयात गरेकाले यस्तो भएको हुन सक्ने प्राविधिक विद्हरुले बताएका छन्...

युक्रेनी संकटबीच रुसबाट चीनको एलएनजी ग्यास आयात दोब्बर

चैत ७, पेचिङ (चीन) । रुसले युक्रेनमा हमला गरेपछि रुसमाथि विश्वका अधिकांश देशहरुले प्रतिबन्ध लगाइरहेका छन् । ऊसँगको व्यापार ठप्प पारेका छन् । निर्यातकर्ताहरुले अन्य निर्यात बजार खोजिरहेका छन् भने रुसबाट ल्याइने सामानमा भर पर्ने देशहरुले पनि वैकल्पिक आपूर्तिकर्ताहरु खोज्ने क्रम जारी छ । तर यसैबीच चीन र रुस बीच आर्थिक सहकार्य गहिरो भएको छ ।  गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्षको फेबु्रअरीमा रुसबाट चीनको तरलीकृत प्राकृतिक ग्यास आयात २ दशमलव २ गुणाले बढेको चीनको भन्सार विभागको तथ्यांकले देखाएको छ । मूल्यका आधारमा भने आयातको आकार २ दशमलव ७ गुणाले बढेर ३० करोड डलर आसपास पुगेको छ ।  चीन रुसको सबैभन्दा ठूलो ऊर्जा निर्यात बजार हो । फेब्रुअरी ४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई प्राकृतिक ग्याँस उपलब्ध गराउने विषयमा नयाँ सम्झौता प्रस्ताव गरेका छन् । रुसले युक्रेनमाथि हमला गरेयता पश्चिमी देशहरुले रुससँगको ऊर्जा सम्झौता पुनःविचार गरिरहेका छन् । रुसी तेल, कोइला र प्राकृतिक ग्यासँ माथिको निर्भरता कम गर्ने योजना बनेका छन् । युक्रेनमाथि रुसको हमला चर्किदै गइरहेको भएपनि अहिलेसम्म यस मामिलामा चीन चुक्क बोलेको छैन । रुसी आक्रमणको आलोचना न परको कुरा हो । उल्टै पश्चिमी देशहरु विशेषगरी अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको विरोध गरेको छ । अन्य देशहरुले रुसलाई बहिस्कार गरिरहँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको आर्थिक सम्बन्धले रुसलाई निकै आड मिल्ने विश्लेषण गर्न लागिएको छ । एजेन्सी

युक्रेनी युवतीहरु बिहे गर्न चिनियाँ तन्नेरीको मरिहत्ते !

४ चैत, काठमाडौं । रुसी हमलापछि युक्रेन तहसनहस बनिरहेको छ । लाखौँ युक्रेनीहरु शरणार्थी बनेर छिमेकी मुलुकहरुमा आश्रय लिइरहेका छन् र देश छाड्ने युक्रेनीहरुको संख्या दिनानुदिन बढिरहेको छ । युक्रेनमा जारी संकटका विषयमा शक्ति राष्ट्र चीन …