बर्दिया – ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। बर्दियाको गेरुवा गाउँपालिका-४ खल्लागाउँका नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए। कर्णाली नदीमा बगेर आएका दाउरा ट्याक्टरमा लोड गरी फर्कंदै गरेको भे२त २०९ नम्बरको ट्याक्टरको पछाडीको भागले भे१०प ४४५८ नम्बरको स्कुटिलाई ठक्कर दिँदा नविन ठकुरी घाइते भएका थिए। […]