निषेधाज्ञा जारी नै राखेर काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात खोल्ने तयारी

‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने वा नदिनेबारे आज छलफल गरेर निर्णय गर्छौं,’ उनले भने, ‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने हो भने स्वास्थ्य मापदण्ड पूर्ण रूपमा कसरी कडाइका साथ लागु गर्न सकिन्छ भन्नेबारे पनि छलफल गर्नुपर्नेछ।’

सम्बन्धित सामग्री

बागलुङमा निषेधाज्ञा खुकुलो

त्रिलोचन रिजालबागलुङ – कारोना संक्रमीतहरुको संख्या घट्दै जान थालेपछि बागलुङमा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । संक्रमितको संख्या अनियन्त्रित रूपमा बढ्न थालेपछि साउन २८ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले […]

निषेधाज्ञाको मौका पारेर मनलाग्दी भाडा असुली

सल्यान । सल्यानमा सञ्चालित यातायातका साधनले मनपरी भाडा असुल्न थालेको गुनासो बढेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायातका साधनले ग्रामीण रुटमा चल्ने, जिल्ला भित्रिने र बाहिरिने सर्वसाधारणबाट निषेधाज्ञाको मौका छोपी मनलाग्दी भाडा असुल्न थालेको गुनासो बढेको हो । कोरोना महामारीको जोखिमका कारण बन्द सार्वजनिक सवारीसाधन झन्डै २ महिनापछि असार २१ गतेबाट जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न अनुमति दिएको थियो । यातायात व्यवसायीले कोरोना महामारीको वहाना बनाएर सर्वसाधारणबाट दोब्बर/तेब्बर भाडा असुली रहेको सर्वसाधारणको गुनासो छ । जिल्लामा असार ३१ गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञाको मौका छोपेर यातायात व्यवसायीले अत्यधिक भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि सामान किनमेल तथा उपचारका लागि बजारसम्म आउने सर्वसाधारण ठूलो परेका छन् । सल्यानबाट दाङका लागि छुट्ने सार्वजनिक यातायात तथा जिल्लाका प्रायः ग्रामीण क्षेत्रमा चल्ने सवारीसाधनले पुरानो रेटभन्दा दोब्बर बढी भाडा लिने गरेको एक स्थानीयले बताए । ‘विभिन्न कामका लागि बजारसम्म आउनुपर्छ । तर, लामो समयसम्म गाडी बन्द भएको, सडक कच्ची भएको, यात्रु नपाइनेलगायत वहाना बनाएर व्यवसायीले महँगो भाडा लिने गरेका छन्,’ उनले भने । यस्तै, निजी नम्बर प्लेटका गाडीले यात्रु ओसारपसार गर्ने र मनपरी भाडा असुलिरहेको पनि गुनासो बढेको छ । ती सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको गुनासा पनि उत्तिकै आएका छन् । गाडीमा स्वास्थ्य मापदण्डका नियम  पालना गर्नुपर्ने भए पनि कमैले मात्र त्यसलाई पछ्याएको पाइन्छ । नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बरसिंह तिरुवाले अहिले भाडादर वृद्धिका विषयमा कुनै निर्णय नभएको र पुरानै भाडादरमा सवारीसाधन सञ्चालन भइरहेको बताए । ‘यदि कुनै गाडीले निषेधाज्ञा अगाडिकै भाडाभन्दा बढी लिएको पाइए कारबाही गर्छौं । हामीले मनपरी भाडा असुल नगर्न निर्देशन दिएका छौं,’ उनले भने । जिल्लामा सञ्चालित सवारीसाधनमा मनपरी भाडा असुल भइरहेको विषयमा सल्यान प्रहरीले थप सक्रियता बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्द थापाले यात्रुसँग तोकिएको भाडादरभन्दा बढी भाडा लिने गाडी व्यवसायीलाई कारबाही गरिने बताए । ‘सोमबार मात्रै यात्रुसँग बढी भाडा लिने भ्यानलाई श्रीनगरबाट नियन्त्रणमा लिएर कारबाही गरेका छौं,’ उनले भने । उनले तोकिएको भाडाभन्दा एक रुपैयाँ पनि बढी लिएको पाइए कारबाही गरिने उनको भनाइ छ । ‘हामीले नियमित रूपमा निरीक्षण गर्न थालेका छौं । विशेषतः मुख्य बजार तथा जिल्ला भित्रिने नाका कपुरकोट र सिमखोलीमा कडाइ गरेका छौं,’ उनले भने । सार्वजनिक सवारीसाधन होस् वा निजी । तोकिएभन्दा बढी भाडा लिए तुरुन्तै प्रहरीमा खबर गर्न उनको आग्रह छ ।

उपत्यकामा असार ३१ गतेसम्मको लागि निषेधाज्ञा जारी

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले असार २२ देखि ३१ गतेसम्मको लागि थप निषेधाज्ञा जारी गरेको छ। यसअघि जारी गरिएको निषेधाज्ञा भोलीसम्म रहेको छ। असार २२ गतेबाट लागू हुने गरी कार्यालयले जारी गरेको निषेधाज्ञामा सबै प्रकारका सार्वजनिक सवारी साधन चलाउन पाउने उल्लेख छ। यसअघि २५ सीट क्षमता र सोभन्दा बढी सीट भएका सार्वजनिक यातायात मात्र सञ्चालन गर्न पाइने नियम बनाइएको थियो।

शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारी चल्छन् त ?

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आउँदो शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने बताउँदै आएका छन् । प्रशासनले २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारीलाई मात्रै जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो समय निषेधाज्ञा...

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुँदा चहलपहल बढ्यो

असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।      काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।      निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।      महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ । डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए । रासस

मर्कामा यात्रु

मुलुकका अधिकांश भागमा निषेधाज्ञा जारी छ र यसलाई केही खुकुलो बनाउँदै लगिएको छ । तर, सार्वजनिक यातायातमाथि प्रतिबन्ध कायमै छ । प्रतिबन्ध भए पनि सार्वजनिक सवारीसाधन र केही मात्रामा निजी सवारीसाधनले पनि दोब्बर बढी भाडामा लामो दूरीका यात्रुहरू ओसारिरहेका छन् । प्रहरीकै सामुन्ने यसरी सवारीसाधन सञ्चालनमा आए पनि न सञ्चालनमा रोक लगाइएको छ न त बढी भाडा लिनेलाई कारबाही नै गरिएको छ । सार्वजनिक सवारीसाधन ठप्प पार्दा गाह्रोेसाँघुरामा परेका मानिसहरूलाई झनै समस्या थपिएको छ । संकटका बेलामा राज्यको उपस्थिति अन्य बेलामा भन्दा बलियो हुनुपर्छ । संकटमा परेकाहरूलाई राहत दिन होस् वा अमनचैन र सुव्यवस्था कायम गर्न होस्, यस्तो बेलामा राज्यको ध्यान पुगेन भने सामान्य नागरिक असुरक्षित हुनुका साथै उनीहरूले अराजकताको मूल्य बढी चुकाउनुपर्ने हुन्छ । कोरोना महामारीका बेलामा सरकार स्वास्थ्योपचारका क्षेत्रमा त असफल भएकै छ । साथै, कानून कार्यान्वयनमा समेत चुकिरहेको छ । संकटका बेलामा अवसरवादीहरू मौलाउँछन्, अप्ठ्यारामा परेकाहरूमाथि उनीहरूले विभिन्न किसिमका शोषण गर्छन् । अहिले संकटको फाइदा उठाउँदै विभिन्न क्षेत्रमा लुट चलिरहेको छ । प्रमाणसहित आए कारबाही गर्छौं भन्ने बनिबनाउ जवाफ प्रधानमन्त्रीदेखि सामान्य प्रहरीसम्ममा पाउन थालिएको छ । सार्वजनिक सवारीसाधनले अहिले दोब्बरभन्दा बढी भाडा उठाउँदा पनि यस्तै जवाफ दिइएको छ । लामो समयसम्म निषेधाज्ञा लगाइएपछि नागरिकहरू विभिन्न व्यक्तिगत समस्यामा पर्छन् । यस्तो बाध्यतामा परेकाहरूका लागि विशेष व्यवस्था गर्न सकिन्थ्यो । तर, त्यसो भएको छैन । सरकारले एकातिर निषेधाज्ञाको निर्णय गर्दै जाने अनि समस्यामा परेकाहरूका बारेमा वास्ता नगर्ने तथा निर्णयको कार्यान्वयन कसरी भइरहेको छ भन्ने पनि राम्ररी अनुगमन गरेको पाइँदैन । नेपालको पश्चिम भागतर्फ जान कलंकीमा बसको लाइन देखिन्छ तर दोब्बर भाडा लिइन्छ । यात्रुलाई प्रहरीसमक्ष प्रचलित भाडा दर नै तिरेको भन्न लगाइन्छ । यसो नगरे उनीहरू गन्तव्यसम्म जान वञ्चित हुन्छन् । त्यस्तै पूर्वतिर जाने गाडीहरू पनि पाइन्छन् । केन्द्रीय सरकारले नभई प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लगाउँदा यस्तो समस्या आएको देखिन्छ । निषेधाज्ञा लगाउँदा सार्वजनिक यातायात ठप्प पार्नु पहिलो गल्ती हो । स्वास्थ्य सुरक्षामा कडाइ गरेर निश्चित मापदण्डका साथ यस्ता सवारीसाधन आंशिक रूपमै भए पनि चल्न दिनुपर्छ । विशेष परिस्थितिमा मानिस आवतजावत गर्न दिइएको छ, पास लिएर गाडीहरू पनि चल्न दिइएको छ । तर, नियमित नहुँदा भाडामा मनपरि भइरहेको छ । नियमित अन्तरराष्ट्रिय उडान बन्द गर्दा चार्टर उडानका लागि स्वीकृति दिइएको छ जसले गर्दा हवाई यात्रुले पनि महँगो भाडा दर तिर्न बाध्य भएका छन् । देशभित्र वायु सेवा सञ्चालन गर्न दिएको भए कम्पनीहरूबीच प्रतिस्पर्धा भई सवारीसाधनको भाडाकै हाराहारीमा विमानबाट यात्रा गर्न पाउँथे । तुलनात्मक रूपमा वायु सेवामा स्वास्थ्य मापदण्डको पालना राम्रोसँग भएको पाइन्छ । त्यसैले राष्ट्रिय र अन्तरराष्ट्रिय उडान पनि रोक्नु हुँदैन । यी दुबै उडान आंशीक रूपमा खुला गर्ने निर्णय सोमवार बेलुकी भएको छ जुन सकारात्मक छ ।  साथै, सार्वजनिक यातायात पनि कडा मापदण्डका साथ खुलाउनुपर्छ । सार्वजनिक सवारीसाधन ठप्प पार्दा गाह्रोेसाँघुरामा परेका मानिसहरूलाई झनै समस्या थपिएको छ । सार्वजनिक सवारीसाधनहरूले यात्रुहरू समस्यामा परेकै बेला बढी भाडा असुल्ने गरेका छन् । दशैंको बेला होस् वा अन्य बेला, जति बेला यात्रुहरूको चाप बढ्छ त्यही बेला उनीहरू बढी भाडा असुल्न थालिहाल्छन् । बाध्यतामा परेका मानिसहरूसँग बढी भाडा असुले पनि यसलाई उनीहरूले स्वीकारेको भने पाइँदैन । सार्वजनिक सवारीसाधनको बेथिति सुधारका लागि सरकारले आँटिलो पहल गरेको पनि पाइँदैन । कामचलाउ र टालटुले नीति लिने गरेको छ । त्यसैको परिणति अहिलेको संकटमा पनि मनपरी भाडा असुली हुनु हो । अहिले जोरबिजोर गरेर ट्याक्सी सञ्चालन गर्न दिइएको छ । तर, कामकाजीहरूका लागि सार्वजनिक यातायातको विकल्प छैन । त्यसैले सरकारले जोरबिजोरका गाडी नियन्त्रणमा लिनुभन्दा स्वास्थ्य मापदण्डअनुसार नचलेको सवारीसाधनको अनुगमन गर्ने गरी सार्वजनिक यातायात सञ्चालनको विकल्पमा जानु उपयुक्त हुन्छ ।

काभ्रेमा सातौ पटक थपियो निषेधाज्ञा

मोतीराम तिमल्सिना, काभ्रे।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सातौै पटक थप ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार दिउसो बस्ने बैठकले उक्त निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । निषेधाज्ञा थप्ने निर्णय भएको छ । सार्वजनिक यातायात जिल्ला प्रवेशलाई कडाई गरिएको छ ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘असार […]

मारमा यातायात व्यवसायी, १० खर्ब जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा जारी गरेको डेढ महिनाभन्दा बढी भइसकेको छ । अन्य क्षेत्रमा केही खुकुलो मोडालिटी जारी गर्दै निषेधाज्ञामा सहजीकरण गरिरहँदा सार्वजनिक यातायात सञ्चालनमा भने सरकारले चासो देखाएको छैन । दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न भन्दै प्रशासनले वैशाख १६ गते निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले संक्रमणदर...

‘गाडी कुहिए, मजदुर भोकै छन्, हामी बर्बाद भयौं’

कोभिड–१९ संक्रमणको पहिलो चरण शुरु भएसँगै ०७६ चैत ११ बाट मन्त्रिपरिषद्ले देशभर पूर्णरुपमा लकडाउन ग¥यो । ०७७ साउन ६ मा सरकारले ‘लकडाउन खुल्यो’ भनेपछि बल्ल लामो र छोटो दुरीका सार्वजनिक यातायात चल्न थालेका थिए । तर, संक्रमण रोकिएन ।स्थानीय प्रशासनले जोर–बिजोर प्रणाली र निषेधाज्ञा जारी गरेपछि गत वर्ष ६ महिना पनि सार्वजनिक यातायात चल्न पाएनन् । जब, यातायात सुचारु हुन थाल्यो, फेरि कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भयो । ०७८ वैशाख १६ पछि देशभर निषेधाज्ञा लागु हुँदा लाम

निषेधाज्ञा हुनुअघि इन्धनको जोहो, पेट्रोल पम्पहरुमा तेल भर्नेको लाग्यो लाइन

काठमाडौंः निकै तीव्र गतिमा कोरोना भाइरसको प्रकोप फैलिएपछि बिहीबारदेखि स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन्। अत्यावश्यकीय बाहेकका अन्य सेवा व्यवसाय सञ्चालनमा कडाइ गरिएको छ। सार्वजनिक यातायात सञ्चालनमा निषेध गरिएको छ। देशभरमा बिहीबार करिब पाँच हजार संक्रमित थपिएका छन्। जसमध्ये आधा संक्रमित उपत्यकामा नै छन्। निषेधाज्ञा जारी हुनुभन्दा अघिल्लो दिन पनि बजारमा…