मोरङको लेटाङमा झडप हुँदा एक महिला प्रहरीको ज्यान गयो, बिहानैदेखि कर्फ्यु

काठमाण्डाै - मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ ।  स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारकाे प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । उहाँको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।  शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो विद्यालयमा यसबारे...

सम्बन्धित सामग्री

लेटाङ घटना: ६ सदस्यीय छानबिन समिति गठन

मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।...

लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन

विराटनगर । मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । मृतक महिला प्रहरीलाई न्याय र यौंन हिंसामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मृतक महिला प्रहरीको फोटोसहित प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । महेन्द्र मोरङ […] The post लेटाङ घटनाकी मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोरङको लेटाङमा आज पनि कर्फ्यू

काठमाडौं । मोरङ जिल्लाको लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र […]

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

काठमाडौ । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र […]

लेटाङमा एक महिला प्रहरीको ज्यान गएकोबारे छानबिन सुरु, आठ जना पक्राउ

काठमाण्डाै - मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन थालेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो । उहाँका अनुसार  छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ । शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मि...

झडपमा महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु

उर्लाबारी,चैत ७। मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय […]

महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

काठमाण्डाै - स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।  दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्था...

प्रहरीको मृत्युपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

काठमाडौँ । स्थानीय बासिन्दा र प्रहरीबिच झडपका क्रममा एक जना महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु लगाइएको बताए। दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ […]

मोरङको लेटाङमा झडप, एक महिला प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ बर्सिया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले […]