छुटेका विद्यार्थीलाई खोप लगाउन सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई शनिबारदेखि खोप लगाउन थालेको छ। खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ। कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभ...

खोप लगाउन माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरू खुल्ने

सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

विद्यार्थीलाई खोप सुनिश्चित गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ । साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अद्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन पनि मन्त्रालयले भनेको छ । प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा माघ १५ […]

ढुक्क भएर मोडर्ना खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन […]

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई ढुक्क भएर मोडर्ना खोप लगाउन आग्रह

काठमाण्डाै - आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अभिभावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न...

प्रवेशपत्रको आधारमा विद्यार्थीहरुले खोप लगाउन पाउने

काठमाडौं, २८ साउन । सरकारले परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार परीक्षाको प्रवेशपत्र देखाएर विद्यार्थीलाई खोप लगाउन दिने निर्णय गरेको हो । विद्यार्थीहरुलाई अष्ट्राजेनिका वा भेरोसेलमध्ये उपलब्ध कुनै एक खोपको पहिलो मात्रा दिन मातहतका निकायलाई मन्त्रालयले निर्देशन दिएको हो । विद्यार्थीलाई खोप दिने मन्त्रालयको निर्णयसँगै […]

परीक्षाको प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप

काठमाडौं।परीक्षाको प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन सुरू गरिएको छ।सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीलाई खोप दिन थालेको हो।प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल,निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले प्रवेशपत्रका आधारमा खोप लगाउन सक्नेछन्। त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय सचिव स्तरीय बैठकले गरेको थियो।

काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप […]

विद्यार्थीलाई खोप लगाउन सुझाव

कोरोना संक्रमणको उच्च जोखिम बीचमै भौतिक उपस्थितिमा साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको १२ को परीक्षाका विद्यार्थीलाई खोप दिलाउन बुधबार बसेको समितिको बैठकले सुझाव दिएको हो।...

इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन सुरु

एजेन्सी। इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोनाका विरुद्धको खोप लगाउन सुरु गरेको छ। ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै सुरु गरिएको बताइएको छ। एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ। आज सो विद्यालयका एकसय जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको हो।