रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोह सुरू (लाइभ)

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोह सुरू भएको छ । आज (शनिबार) नयाँ बानेश्वरस्थित् होटेल एभरेष्टमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा क्लबको वार्षिकोत्सव समारोह सुरु भएको हो । समारोहमा विभिन्न दलका नेता, सांसदहरु, कुटनीतिज्ञहरु र नागरिक समाजका अगुवाहरुको उपस्थिति छ । समारोहलाई प्रधानमन्त्री दाहालले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रमपनि छ ।

सम्बन्धित सामग्री

रिपोर्टर्स क्लब नेपाल आजदेखि २६ औं वर्षमा प्रवेश

काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २५ औं बर्ष पूरा गरी आजदेखि २६ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यता रहने छ […]

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले मनायो छैटौं वार्षिकोत्सव

काठमाडौं, २१ फागुन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सव मनाएको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्लबले प्रकाशन गरेको “सत्ता र सुशासन ” स्मारिका विमोचन र चार जना पत्रकारलाई सम्मानसमेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सुशासन समाजमा अहिलेको आवश्यक्ता भएको बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले […]

चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री चौधरी

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए।...

रिपोर्टर्स क्लब नेपालद्वारा अमेरिकामा आफ्नो शाखा विस्तार

देश भर जनताको आवाज उठाउँदै आएको रिपोर्टर्स क्लब नेपालले अमेरिकामा आफ्नो शाखा विस्तार गरेको छ । क्लब र यूएस मीडिया नेटवर्कबीच भएको सहमतिपछि रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन भएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा नौ सदस्य रहनेगरि  रिपोर्टर्स क्लव अमेरिकाको पहिलो कार्यसमिती गठन भएको हो । गठित कार्यसमितीमा रेग्मीसहित पत्रकार ओम आचार्य, […]