चिनिया शहरमा कोभिडविरुद्ध ‘जनयुद्ध’ घोषणा

२४ कात्तिक, काठमाडौं । चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित एक शहरले कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ घोषणा गरेको छ । हेइलोङजियाङ प्रान्तको हेइहे शहरका अधिकारीहरूले कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ शुरु गरेका हुन् । पछिल्लो समय कोरोनाभाइरसका नयाँ संक्रमित देखिन थालेपछि कोभिड-१९ विरुद्ध ‘जनयुद्ध’ शुरु गरिएको ग्लोबल टाइम्सले जनाएको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘जनयुद्ध’ आवश्यक भएको अधिकारीहरूको […]

सम्बन्धित सामग्री

भारतमा कोभिडविरुद्ध बुस्टर डोज दिन सुरु

भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्ध बुस्टर डोज दिन थालिएको छ । संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो । भारतमा ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिएको छ । बुस्टर डोजले कोभिडविरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् । तीव्र वेगमा फैलिने ओमिक्रोन सर्वप्रथम नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । त्यस यता विभिन्न देशहरुले बुस्टर कार्यक्रमलाई विस्तार गरेका छन् । भारतीय प्रधा

भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति

एजेन्सी- भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्र्बिभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ । दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा […]

भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति

भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्बिभ्याक्सलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ ।दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा कोभिडविरुद्ध आपत्कालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ ।यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्

कोभिडविरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी

खोटाङ– खोटाङमा कोभिड–१९ विरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधबार बसेको बैठकले दिक्तेलको अस्थायी कोभिड अस्पतालमा कोभिडविरुद्ध दैनिक खोप सञ्चालनको निर्णय गरेको हो । कतिपय पालिकामा पठाइएका कोभिडविरुद्धका खोप फिर्ता आउन थालेपछि अस्थायी कोभिड अस्पतालबाट दैनिक खोप सेवाको व्यवस्थाका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी […]

कोभिडविरुद्ध लड्न आत्मानुशासन

कोरोनामहामारी संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा निरन्तर जारी गरिएको निषेधाज्ञा हटाइएको छ । प्रशासनिक रूपमा पहल लिएर उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले लकडाउनको सट्टा निषेधाज्ञा नै बढी वैज्ञानिक हुने ठहरसहित यसलाई लागू गरिँदै आएको थियो । तर, पछिल्लो समयमा यसको बृहद् समीक्षासहित बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको […] The post कोभिडविरुद्ध लड्न आत्मानुशासन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोभिडविरुद्ध खोपको नमूना विद्युतीय परियोजना शुरु

गण्डकी प्रदेशमा पहिलो पटक म्याग्दीमा कोभिडविरुद्ध खोपको विवरण विद्युतीय बनाउने नमूना परियोजना शुरु भएको छ।

युनिलिभर नेपालद्वारा कोभिडविरुद्ध सहयोग

युनिलिभर नेपालले कोरोना महामारी नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । नेपालमा आएको कोरोना महामारीको लहरमा कम्पनीले आफ्नो ग्लोबल आपूर्ति शाखा नेटवर्कलाई कोभिडविरुद्ध मेडिकल तथा आपतकालीन उपकरण, जिल्ला प्रसाशन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल, छाउनी र उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको जनाएको छ ।विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय […]

कोभिडविरुद्ध खोप लगाइसकेपछि मात्र जनगणना हुने

काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा

नयाँ सरकार गठनसँगै राज्यका सबै अङ्ग कोभिडविरुद्ध सक्रिय

केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । …

कोभिडविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्रीको निर्देशन

वैशाख १२, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आइतवार बसेको तेस्रो बैठकमा उहाँले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गर्नुभयो ।       ‘कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो’, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी दिंदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन सक्ने परिस्थितिको सामना गर्न पार्टी पङ्क्ति सक्रिय हुन र जिल्लाजिल्लामा आवश्यक तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।        शनिवार साँझ प्रधानमन्त्रीका उपस्थितिमा बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट विस्तारित बैठकमा निकालिएको निष्कर्षका बारेमा आइतवार जानकारी दिइएको बताउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो समय असाध्यै धेरै सङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट देखिएको र त्यसका लागि निकै अक्सिजनको आवश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्यवस्था गर्ने, खोपलाई विस्तार गर्नेलगायत विषयमा पनि छलफल भएको बताए ।   सङ्क्रमणबाट बच्न पूर्णरुपमा बन्दाबन्दी गर्ने सोच नभएको जनाउँदै मन्त्री ज्ञवालीले भने, ‘सकभर जनजीविकामा प्रतिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने तयारी छैन, लकडाउन आफैंमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापदण्ड पालना गराई मुलुकभर कोभिड महामारीको सामना गर्ने तयारी सरकारको छ ।’  रासस