संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु

संखुवासभा :  संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ।खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा १२ बजेपछि गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।आज भएको मतदानमा खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो भने चिचिला गाउँपालिकामा ५ हजार ६ सय ९४ कुल मतदाता संख्यामध्ये ६७. ५४ मत खसेको थियो।मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको छ। दुर्गम भोटखोला गाउँपालिकाको केही वडामा मतपेटिका संकलन हुँदैछन्।

सम्बन्धित सामग्री

नौ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौं : ७ सय ५३ स्थानीय तह मध्ये हालसम्म ७ सय ४४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। ८ स्थानीय तहमा मतगणना चलिरहेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन। मतगणना चलिरहेका काठमाडौं महानगरपालिकासहित ८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको फतुवा विजयपुर र गरुडा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको निर्वाचन

प्रदेश १ : उदयपुरको कटारीमा अझै मतगणना सुरु भएन

प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्

स्थानीय तह निर्वाचन, कतै स्थगित कतै पुनः मतगणना

मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।

अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले २१ पालिकामा जित हात पारेको छ । मतगणना सुरु भएपछि एउटा पनि स्थानीय तह […]

बागलुङका अधिकांस स्थानीय तहमा मतगणना सुरु, बडिगाड अनिर्णित

स्थानीय तह निर्वाचनको मतगणना बागलुङका विभीन्न पालिकाहरुमा सुरु भएको छ। १० स्थानीय तह रहेको बागलुङमा शुक्रबार भएको मतदानबाट ६३ प्रतिशत मत खसेको थियो।...

मतगणनाको राप : ६ महानगरमा कहाँ भइरहेको छ के?

काठमाडौं : स्थानीय तह निर्वाचनको हिजो सम्पन्न मतदानको कतिपय स्थानीय तहमा मतगणना सुरु भएको छ। ६ महानगरमध्ये केही ठाउँमा गणना सुरु भएको छ भने केही ठाउँमा गणनाको तयारी भइरहेको छ। जहाँ सुरु भएको छ त्यहाँ पनि सुस्त गतिमा मत गणना भइरहेको छ भने सुरु नभएको ठाउँमा अझै गणनाको तयारी भइरहेको…

सर्लाहीका १२ पालिकामा मतगणना सुरु

मुलुकमै सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीमा १२ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपूर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर,  धनकौल र विस्णु गाउँपालिकामा मतगणना सूरु भएको हो ।

तनहुँका चार स्थानीय तहमा मतगणना सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार १० स्थानीय तहमध्ये चारवटाको मतगणना सुरु भएको हो । घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाको मतगणना सुरु भएको छ । व्यास, शुक्लागण्डकीसहित अरू ६ स्थानीय तहको मतगणना...

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)

स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ ।

प्रदेश नम्बर २ चुनाव : केही स्थानीय तहमा मतगणाना सुरु

काठमाडौं, असोज ३ – प्रदेश नम्बर २ मा स्थानीय तह चुनाव अन्तर्गत मतदान भएका १ सय ३६ स्थानीय तहमध्ये केही तहमा मतगणना सुरु भएको छ ।केही ठाउँमा भन...