यमन झडपमा ६७ जनाको मृत्यु

दुबई । यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकुहरू मारिएको स्रोतले जनाएको छ ।...