स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब १४ करोड रुपैयाँ

माठमाडौं, फागुन १० । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० बैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायता समेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो । […]

सम्बन्धित सामग्री

आयाेगद्वारा स्थानीय निर्वाचनका लागि नाै अर्ब माग

काठमाडाैं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग करिब ९ अर्ब रुपैयाँ माग गरेकाे छ। आयाेगले निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ निकासा गर्न माग गर्दै अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी दिएकाे हाे।आयाेगका प्रवक्ता शालिग्राम पौडेलले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा करिब ८१ करोड बढी खर्च हुने अनुमान आयोगले गरेकाे जानकारी दिए। पहिलाे स्थानीय तहकाे निर्वाचनमा वस्तुगत सहायता समेत ८ अर्ब १४ करोड खर्च भएको आयाेगले जनाए