काठमाडाैं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग करिब ९ अर्ब रुपैयाँ माग गरेकाे छ। आयाेगले निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ निकासा गर्न माग गर्दै अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी दिएकाे हाे।आयाेगका प्रवक्ता शालिग्राम पौडेलले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा करिब ८१ करोड बढी खर्च हुने अनुमान आयोगले गरेकाे जानकारी दिए। पहिलाे स्थानीय तहकाे निर्वाचनमा वस्तुगत सहायता समेत ८ अर्ब १४ करोड खर्च भएको आयाेगले जनाए