रुसी आक्रमणपछि युक्रेनका झन्डै १ करोड मानिस घर छाडेर भाग्न बाध्य

रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताउनुभएको हो । यो सङ्ख्या युक्रेनको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हो । घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले जनाएको छ । बाँकी देशभित्रै विस्थापित भएका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा...

सम्बन्धित सामग्री

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा नजिकका क्षेत्रहरूबाट सयौँ मानिसलाई विस्थापित गरिएको क्षेत्रीय गभर्नरले शनिबार बताउनुभएको छ ।

रुसी ड्रोन आक्रमणपछि युक्रेनमा ४० हजार मानिस विद्युतविहीन

दुई दर्जन रुसी ड्रोनको आक्रमणले देशको मध्यभागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस

युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युतविहीन

युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस विद्युतविहीन भएको शुक्रबार जनाएको छ ।

कर छलेको आशङ्कामा रुसी टाइकुन कुज्मिचेभ पक्राउ

कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशङ्कामा फ्रान्सको प्रहरीले रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई पक्राउ गरेको छ । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ ।  उनलाई सोमबार राति सेन्ट–ट्रोपेजको रिभेरा रिसोर्टमा पक्राउ गरिएको बताइएको छ । श्रोतका अनुसार प्रहरीले उनको पेरिसस्थित घरसहित उनीसम्बद्ध थुप्रै स्थानमा छापा मारेको छ ।  युक्रेनमाथि रुसी आक्रमणपछि युरोपेली युनियनले सन् २०२२ मार्चमा कुज्मिचेभलाई प्रतिबन्ध लक्षित रुसी नागरिकहरूको सूचीमा राखेको थियो ।  युरोपेली युनियनका अनुसार कुज्मिचेभको ठूलो हिस्सा रहेको अल्फा बैंक रुसको सबैभन्दा ठूलो करदातामध्येको एक हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट सम्बन्धका कारण कुज्मिचेभलाई ‘रुसको सबैभन्दा प्रभावशाली मानिस’ मा गनिन्छ । श्रोतका अनुसार फ्रान्सेली अनुसन्धानको नेतृत्व न्यायपालिकाको भ्रष्टाचारविरोधी एकाइमार्फत भइरहेको छ । उक्त एकाइले विशेषरूपमा कर छली र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन गरेकामा कुज्मिचेभमाथि अनुसन्धान गरिरहेको छ ।  युरोपेली युनियनको प्रतिबन्धका कारण फ्रान्समा पारिवारिक सम्बन्ध भएको दावी गर्ने कुज्मिचेभको स्वामित्वमा रहेको ५० लाख युरोभन्दा बढी मूल्यका दुई डुङ्गा सन् २०२२ मार्चमा अधिकारीहरूले कब्जामा लिएका थिए ।  फोब्र्स पत्रिकारले ६१ वर्षीय कुज्मिचेभलाई ६ अर्ब ४० करोड अमेरिकी डलरको कूल सम्पत्तिका साथ विश्वको ६१ औँ धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ । रासस

रुसी आक्रमणबाट युक्रेनमा १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं :  रुसले युक्रेनका विभिन्न शहरमा दर्जानौ मिसाइल प्रहार गरेको छ। पूर्वी शहर डिनिप्रोको अपार्टमेन्ट ब्लकमा भएको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। मिसाइल आक्रमणपछि भवनको ठूलो हिस्सा ध्वस्त भएको छ भने १४ बालबालिकासहित ६४ जना घाइते भएका छन्।  भवनमा धेरै मानिस फसेका छन्। मध्य युक्रेनका सहरहरूबाट पनि ठूलो विस्फोटको आवाज सुनिएको छ। राजधानी कीभ, खार्किभ र ओडेसा लगायतका शहरहरूमा पनि मिसाइल प्रहार भएको छ। धेरै शहरहरूमा मिसाइलहरूले विद्युतीय पूर्वाधारमा प्रहार गरेपछि

रुसले ‘ऊर्जा आतंक’ मच्चायो: युक्रेन

रुसले ‘ऊर्जा आतंक’ फैलाएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । पछिल्ला केही दिनमा रुसी सैनिकले युक्रेनका केही क्षेत्र कब्जा गर्न सफल भएका छन् । त्यसका लागि रुसले ऊर्जालाई हतियारका रुपमा प्रयोग गरेको जेलेन्स्कीले उल्लेख गरेका हुन् । ऊर्जा सञ्जालमा रुसले गरेको आक्रमणपछि अहिले ४५ लाख मानिस विद्युत आपूर्तिबाट वञ्चित भएको जेलेन्स्कीले जानकारी दिएका […]

रुसको आक्रमणपछि युक्रेन छाड्नेको संख्या १५ लाख नाघ्यो

कीएभ । युक्रेनमा रुसको आक्रमणपछि देश छाड्नेको संख्या १५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार पछिल्लो १० दिनमा १५ लाखभन्दा बढी मानिस सीमा पार गरी छिमेकी मुलुकमा पुगेका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरुलाई हतियार […]