सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

धनगढी । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसंख्या झन्डै १९ लाख छ ।      सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकाले खोप दिने कार्य नियमित रूपमा चलिरहेको बताए । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडेर्ना खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भने, ‘पुसदेखि कैलाली र डँडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडेर्नाको खोप दिने तयारी छ ।’ पछिल्ला महीनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्नेगरी भइरहेका गतिविधिबाट कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ । कोरोनाको नयाँ रूप ‘ओमिक्रोन’को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतीजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना संक्रमण भएको पुष्टि भएको पाइएको छैन । सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शंकास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । संक्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्किएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ । रिंगटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको संक्रमणपछि निको भएका धनगढीका एक शिक्षकले बताए । ‘कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ,’ उनले भने, ‘उपचार व्यवस्थापनपछि घर फर्किएकोमा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ ।’ रोगको संक्रमणपछि भएको हैरानीले मानसिक तनाव सृजना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिँगटा लाग्ने, शरीरका अंग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ । हाल संक्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको संक्रमणको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार बुधवारसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रासस

सम्बन्धित सामग्री

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो।

विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।...

अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप

अपांगता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरघरमै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अपांगता...

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारीसमेत...

निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् । निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा खोप विशेष कार्यक्रम आयोजना गरेको थियाे । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पहिलो डोज लगाएका […]

निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।  सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई क

आमाले कोरोनाविरुद्धको खोप लगाए शिशु पनि सुरक्षित

काठमाडौं, साउन १९ । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउन्छन् । स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थका अनुसार , ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य […]

प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन्। स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।…