अन्तर नयाँ पत्रिका टेबुलटेनिस  प्रतियोगिताका विजेता पुरस्कृत

अन्तर नयाँ पत्रिका टेबुल टेनिस प्रतियोगिताका विजेता पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको आयोजनामा भएको टेबुलटेनिस प्रतियोगिताका विजेतालाई बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...

सम्बन्धित सामग्री

हिन्डेनबर्ग रिपोर्ट : विश्वका धनाढ्यहरूको सूचीमा २४ स्थान झरे गौतम अदानी

काठमाडौैं । अमेरिकी अनुसन्धान संस्था हिन्डेनबर्ग रिसर्चले भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनी अदानी समूहसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभन्दा तीन दिनअघि अदानीको नेटवर्थ १ खर्ब २१ अर्ब डलर थियो । यो सम्पत्तिसहित उनी भारतका सबैभन्दा धनी व्यक्ति थिए । एशियाका सबैभन्दा धनी व्यक्ति पनि उनै थिए । अनि विश्वको धनाढ्यहरूको सूचीमा तेस्रो स्थानमा थिए उनी । जनवरी २४ मा प्रतिवेदन सार्वजनिक भएको दिनमा अदानीको नेटवर्थ १ खर्ब १९ अर्ब डलर थियो । उनी अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरूको सूचीमा उनी चौथो स्थानमा ओर्लिए । अर्को दिन उनको सम्पत्ति ५ प्रतिशतले घट्यो अनि जनवरी २७ मा १८ प्रतिशतले । समूहले जनवरी २९ मा हिन्डेनबर्गको प्रतिवेदनको खन्डन गर्दै ४०० पृष्ठभन्दा बढीको प्रतिवेदन नै सार्वजनिक गर्यो । सोही दिन उनको सम्पत्तिमा ९ प्रतिशतको पहिरो गयो । उनी अर्बपतिको सूचीमा सातौं स्थानमा रहे । जनवरी ३१ मा उनको नाम शीर्ष १० बाट बाहिर झर्यो । यो महीनाको शुरुमा अदानी ग्रुपले एफपीओ नै फिर्ता गर्नुपर्यो । त्यसपछिको २ दिनमा अदानी अर्बपतिहरूको सूचीमा शीर्ष १० बाट २१ औं स्थानमा झरे । फेब्रुअरी १४ मा उनी २५ औं स्थानमा झरे । फेब्रुअरी १९ मा २ औं स्थानमा ओर्लिएका उनी आज २७ औं स्थानमा छन् । ब्लुम्बर्गको रियल टाइम इन्डेक्सअनुसार आज अदानीको कूल नेटवर्थ झन्डै ३ अर्ब डलर घटेर ४६ अर्ब १० करोड डलरमा समेटिएको छ । अदानीको सम्पत्तिमा आएको कमी आएसँगै भारतका अर्का धनाढ्य मुकेश अम्बानीले उनलाई उछिनेका छन् । सन् २०१२ देखि सन् २०२१ सम्म भारतीय धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा रहेका अम्बानीलाई अदानीले सन् २०२२ मा उछिनेका थिए ।  तर, हिन्डेन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएदेखि जनवरी ३१ को बीचमा दुई जनाको सम्पत्तिको अन्तर साँघुरो भयो । फेब्रुअरी १ मा अम्बानी अदानीलाई उछिन्दै भारतकै सर्वाधिक धनाढ्य बने । फेब्रुअरी २२ मा अदानी ब्लुम्बर्गको विश्वव्यापी धनाढ्यको सूचीमा ८३ अर्ब ४० करोड डलरसहित १० औं स्थानमा छन् । अर्थात् अम्बानीसँग अदानीको भन्दा ३७ अर्ब १० करोड डलर धेरै सम्पत्ति छ । हिन्डेनबर्गको प्रतिवेदनको असरका कारण अदानी समूहका सूचिकृत कम्पनीका शेयर मूल्यमा पहिरो गएको छ । कुनै कम्पनीको कमी त ७७ दशमलव ५ प्रतिशसम्म पुगेको छ । समूहभित्र शेयरमा चलखेल, शेयरको अत्यधिक मूल्यांकन र वित्तीय अनियमितताको आरोपका कारण लगानीकर्ताहरू त्रस्त बनेका छन् । आफूसँग भएको शेयर धमाधम बेच्ने प्रवृत्ति बढ्दा शेयर मूल्य प्रभावित भइरहेका छन् । यस अवधिमा अर्बौं डलर गुमाएर पनि अदानी भारतका दोस्रो सर्वाधिक धनी नै छन् ।  भारतको सर्वाधिक धनाढ्यको तेस्रो स्थानमा शिव नदार छन् । उनको सम्पत्ति २६ अर्ब २० करोड डलर छ । विश्वव्यापी सूचीमा उनी ५० औं स्थानमा छन् । अदानी र नदारको सम्पत्तिबीच अन्तर १९ अर्ब ९० करोड डलर छ । अदानीको सम्पत्ति उनको कम्पनीको शेयरमा भएको वृद्धिकै कारण बेलुनझैं फुल्दै गएको थियो । आजको कारोबारमा पनि अदानी समूहको सबै कम्पनीको शेयर राताम्मे छन् । शुरुआती कारोबारदेखि नै अदानी इन्टरप्राइजेज, अदानी ग्रिन, अदानी ट्रान्समिशन, अदानी ग्यास, अदानी विल्मर, अदानी पोर्ट सबैमा दबाब देखिएको छ । अम्बुजा सिमेन्ट र एनडीटीवीका शेयर पनि रातोमै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले पेरिस जलवायु सम्झौताअन्तर्गत कार्बन क्रेडिट बेच्ने समयमा विचार गर्नु पर्ने गतिविधिको सूची सार्वजनिक गरेपछि ईकेआई एनर्जीको शेयर मूल्यमा भने उल्लेख्य सुधार देखिएको छ । एजेन्सीहरू

अन्तर नयाँ पत्रिका टेबलटेनिस प्रतियोगिताको उपाधि तिवारी र न्यौपानेलाई

अन्तर नयाँ पत्रिका टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि वसन्ती तिवारी र पुरुषतर्फको उपाधि रवि न्यौपानेले जितेका छन् ।  महिलातर्फको फाइनल खेलमा शान्ति तामाङलाई हराउँदै वसन्ती तिवारीले उपाधि जितेकी हुन् । तेस्रो स्थानका...

डिजाइन टिमकाे कब्जामा नयाँ पत्रिका अन्तर-विभागिय फुटसल - Naya Patrika

शनिबार भएको नयाँ पत्रिका अन्तर-विभागिय फुटसल प्रतियोगिताको उपाधि डिजाइन विभागले जीतेको छ । उपाधि होडमा डिजाइनले सर्कुलेशन विभागलाई २–१ ले पराजित गर्दै डिजाइनले उपाधि जितेको हो । नेपाल पत्रकार महासंघ...पूरा पढ्नुहोस् »

व्यवसायीको मिलेमतोमा तरकारीको मूल्य अस्वाभाविक वृद्धि - Naya Patrika

अजित अधिकारी/नयाँ पत्रिका सरकारी अनुगमनमा भेटियो खरिद र बिक्री मूल्यमा अपत्यारिलो अन्तर गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो ।...पूरा पढ्नुहोस् »