हिन्डेनबर्ग रिपोर्ट : विश्वका धनाढ्यहरूको सूचीमा २४ स्थान झरे गौतम अदानी

काठमाडौैं । अमेरिकी अनुसन्धान संस्था हिन्डेनबर्ग रिसर्चले भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनी अदानी समूहसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभन्दा तीन दिनअघि अदानीको नेटवर्थ १ खर्ब २१ अर्ब डलर थियो । यो सम्पत्तिसहित उनी भारतका सबैभन्दा धनी व्यक्ति थिए । एशियाका सबैभन्दा धनी व्यक्ति पनि उनै थिए । अनि विश्वको धनाढ्यहरूको सूचीमा तेस्रो स्थानमा थिए उनी । जनवरी २४ मा प्रतिवेदन सार्वजनिक भएको दिनमा अदानीको नेटवर्थ १ खर्ब १९ अर्ब डलर थियो । उनी अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरूको सूचीमा उनी चौथो स्थानमा ओर्लिए । अर्को दिन उनको सम्पत्ति ५ प्रतिशतले घट्यो अनि जनवरी २७ मा १८ प्रतिशतले । समूहले जनवरी २९ मा हिन्डेनबर्गको प्रतिवेदनको खन्डन गर्दै ४०० पृष्ठभन्दा बढीको प्रतिवेदन नै सार्वजनिक गर्यो । सोही दिन उनको सम्पत्तिमा ९ प्रतिशतको पहिरो गयो । उनी अर्बपतिको सूचीमा सातौं स्थानमा रहे । जनवरी ३१ मा उनको नाम शीर्ष १० बाट बाहिर झर्यो । यो महीनाको शुरुमा अदानी ग्रुपले एफपीओ नै फिर्ता गर्नुपर्यो । त्यसपछिको २ दिनमा अदानी अर्बपतिहरूको सूचीमा शीर्ष १० बाट २१ औं स्थानमा झरे । फेब्रुअरी १४ मा उनी २५ औं स्थानमा झरे । फेब्रुअरी १९ मा २ औं स्थानमा ओर्लिएका उनी आज २७ औं स्थानमा छन् । ब्लुम्बर्गको रियल टाइम इन्डेक्सअनुसार आज अदानीको कूल नेटवर्थ झन्डै ३ अर्ब डलर घटेर ४६ अर्ब १० करोड डलरमा समेटिएको छ । अदानीको सम्पत्तिमा आएको कमी आएसँगै भारतका अर्का धनाढ्य मुकेश अम्बानीले उनलाई उछिनेका छन् । सन् २०१२ देखि सन् २०२१ सम्म भारतीय धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा रहेका अम्बानीलाई अदानीले सन् २०२२ मा उछिनेका थिए ।  तर, हिन्डेन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएदेखि जनवरी ३१ को बीचमा दुई जनाको सम्पत्तिको अन्तर साँघुरो भयो । फेब्रुअरी १ मा अम्बानी अदानीलाई उछिन्दै भारतकै सर्वाधिक धनाढ्य बने । फेब्रुअरी २२ मा अदानी ब्लुम्बर्गको विश्वव्यापी धनाढ्यको सूचीमा ८३ अर्ब ४० करोड डलरसहित १० औं स्थानमा छन् । अर्थात् अम्बानीसँग अदानीको भन्दा ३७ अर्ब १० करोड डलर धेरै सम्पत्ति छ । हिन्डेनबर्गको प्रतिवेदनको असरका कारण अदानी समूहका सूचिकृत कम्पनीका शेयर मूल्यमा पहिरो गएको छ । कुनै कम्पनीको कमी त ७७ दशमलव ५ प्रतिशसम्म पुगेको छ । समूहभित्र शेयरमा चलखेल, शेयरको अत्यधिक मूल्यांकन र वित्तीय अनियमितताको आरोपका कारण लगानीकर्ताहरू त्रस्त बनेका छन् । आफूसँग भएको शेयर धमाधम बेच्ने प्रवृत्ति बढ्दा शेयर मूल्य प्रभावित भइरहेका छन् । यस अवधिमा अर्बौं डलर गुमाएर पनि अदानी भारतका दोस्रो सर्वाधिक धनी नै छन् ।  भारतको सर्वाधिक धनाढ्यको तेस्रो स्थानमा शिव नदार छन् । उनको सम्पत्ति २६ अर्ब २० करोड डलर छ । विश्वव्यापी सूचीमा उनी ५० औं स्थानमा छन् । अदानी र नदारको सम्पत्तिबीच अन्तर १९ अर्ब ९० करोड डलर छ । अदानीको सम्पत्ति उनको कम्पनीको शेयरमा भएको वृद्धिकै कारण बेलुनझैं फुल्दै गएको थियो । आजको कारोबारमा पनि अदानी समूहको सबै कम्पनीको शेयर राताम्मे छन् । शुरुआती कारोबारदेखि नै अदानी इन्टरप्राइजेज, अदानी ग्रिन, अदानी ट्रान्समिशन, अदानी ग्यास, अदानी विल्मर, अदानी पोर्ट सबैमा दबाब देखिएको छ । अम्बुजा सिमेन्ट र एनडीटीवीका शेयर पनि रातोमै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले पेरिस जलवायु सम्झौताअन्तर्गत कार्बन क्रेडिट बेच्ने समयमा विचार गर्नु पर्ने गतिविधिको सूची सार्वजनिक गरेपछि ईकेआई एनर्जीको शेयर मूल्यमा भने उल्लेख्य सुधार देखिएको छ । एजेन्सीहरू

सम्बन्धित सामग्री

कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ?

प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार प्रविधि क्षेत्र सन् २०२२ को सबैभन्दा मूल्यवान उद्योग हुन सफल भएको हो ।  ब्राण्ड डाइरेक्टरीले सार्वजनिक गरेको विश्वका शीर्ष मूल्यवान र बलिया ५०० ब्राण्डको सूचीमा प्रविधि क्षेत्रको जम्मा भ्यालु १.३ ट्रिलियन अमेरिकी डलर रहेको छ ।  अहिलेको आधुनिक युगमा प्रविधि...

विश्वका प्रभावशाली महिलाको सूचीमा दीपिका पादुकोण

विश्व चर्चित भेराइटी म्यागेजिनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरका प्रभावशाली व्यक्तिहरुको सूचीसहित रिपोर्ट तयार गर्ने गर्छ। यस रिपोर्टमा परोपकारी काममा भाग लिएकोमा दीपिकाको प्रशंसा गरिएको छ।

बिल गेट्सलाई उछिन्दै बेजोस बने विश्वकै धनी व्यक्ति

विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल …

फोब्सको धेरै कमाउने कलाकारको सूचीमा किन अटाएनन् आमिर खान? :: Pahilopost.com

बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान र अक्षय कुमार फोब्सको सबैभन्दा धेरै पैसा बुझ्ने विश्वका १० शीर्ष कलाकारको सूचीमा परेका छन्। तर, यो सूचीमा आमिर खानको नाम भने परेको छैन। आमिर खानको अन्तिम फिल्म दंगलले विश्वव्यापी रुपमा २ हजार करोड कमाइसकेको छ। फोब्सको रिपोर्ट अनुसार आमिर खानले मात्रै दंगलबाटट