गर्मीमा अनुहारको स्याहार यसरी गरौँ

आफ्नो अनुहारलाई सफा र आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । तर मौसम अनुसार अनुहारको स्याहार गर्न नजान्दा कतिपयलाई समस्या भइरहेको हुन सक्छ । मौसम अनुसार अनुहारको स्याहार गर्ने तरिका फरकफरक हुन्छ ।गर्मी मौसममा पसिना आउने भएकाले अनुहारको स्याहारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । पसिनाले गर्दा मेकअप बिग्रिनेदेखि छालामा असर पुर्‍याउने सम्भावना अधिक हुन्छ । गर्मी याममा अनुहारमा छिद्र खुल्ने र त्यसमा फोहोर जाने सम्भावना हुने भएकाले विशेष ख्याल गर्नुपर्ने छाला तथा कपाल रोग विशेषज्ञ स्मृति श्र

सम्बन्धित सामग्री

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? डा. रुपक घिमिरेका सुझाव (भिडियोसहित)

सुन्दरता मेन्टेन गरिराख्न अनुहारको उचित स्याहार जरुरी छ। सौन्दर्यले मानिसको आत्मविश्वास बढाउँछ। जीवन सार्थक बनाउन यो जरुरी छ। उमेर बढ्दै जाँदा व्यक्तिको सौन्दर्यमा ह्रास आउँछ। सकेसम्म आफूलाई सुन्दर राख्ने चाहना...

एक करोड ८० लाखको लगानीमा म्याग्दीमा सामुहिक बाख्रापालन शुरु

पुस १०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन शुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेका हुन् । खड्का, उनका भाई प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा ‘ब्रोदर्स कृषि तथा पशुपंक्षी फार्म’ स्थापना गरी बोयर जातका बाख्रापालन गरेका हुन् ।  सामूहिक रुपमा बाख्रापालन थालेका भगवान सामाजिक कार्यहरुसँगै कृषि पेशामा संलग्न छन् भने प्रेम वैदेशिक रोजगारबाट फर्केका र थापा भारतीय सेनाबाट अवकास लिएर फर्केपछि पशुपालनमा लागेका हुन् । रू. ३० लाखमा उन्नत जातका माउ बोयर बाख्राहरु खरीद गरि शुरु गरिएको फार्ममा खोर, जग्गा घेराबार, स्याहार गर्नका लागि बसोबासका लागि बनाइएको आवास लगायतको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताए । उनका अनुसार बाख्रापालनकै लागि करीब १५ रोपनी जग्गालाई रू. ४५ लाख बढी लगानीमा खरीद गरिएको थियो । ‘जग्गा, बाख्रा, खोर लगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भइसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुको लागि बोका उत्पादनको केन्द्र बनाउने गरी बाख्रापालनलाई अघि बढाएका छौँ’ खड्काले भने । दुई वर्ष अघिदेखि नै बाख्रापालनलाई लक्षित गरी १५ रोपनी जग्गामा घाँस खेती गरिएको थियो भने अहिले ४५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ । जाडो र गर्मी दुवै मौसमलाई अनुकुल हुने गरी खोरको पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताए । ‘जाडोमा न्यानो र गर्मीमा सितल हुने गरी खोरका पूर्वाधार बनाएका छौँ, युटुबमा विश्वभरका नमूना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुसरण गरि आफै खोरको पूर्वाधार बनाएका हौँ’ उनले भने । पाठापाठी सहित अहिले ८७ ओटा बाख्राहरु रहेको फार्ममा २०० को संख्यामा बाख्रा पालन गर्न सक्ने क्षमता बनाइएको छ । बाख्राको पाठापाठीलाई दूध खुवाउने प्रयोजनका लागि दुई ओटा भैँसी र एक गाई समेत पालन गरिएको छ । ५० ओटा माउ बाख्रा रहेको फार्ममा ३५ ओटाले पाठापाठी जन्माइसकेका छन् ।  बाख्रापालनलाई लक्षित गरि जैघाँस, खन्यु, काफल, सुपर नेपियर लगायतका घाँस खेती विस्तारलाई समेत प्राथमिकता दिईएको छ । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरि ७ जनाले दैनिक रुपमा रोजगार समेत पाएको फार्मका अर्का सञ्चालक राजेन्द्र थापाले जानकारी दिए ।  फार्मबाट यसवर्ष ३० ओटा बोयर क्रस गरी उत्पादन भएका उन्नत जातका पाठी विक्री गर्ने लक्ष्य राखिएको बताइएको छ ।

गर्मीमा छालाको स्याहारका लागि प्रशस्त पानी

गर्मी बढेसँगै छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् ।