नेपाल रिपब्लिक मिडियाको सहकार्य

पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

करीव पाँच महीनायताकै उच्च विन्दुमा नेप्से, ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव २३ प्रतिशत बढेर २१ सय विन्दुमाथि पुगेको छ । यस दिन नेप्से परिसूचक २ हजार १०६ दशमलव ४८ विन्दुमा पुगेको हो । यो विन्दु करीब पाँच महीनायताकै उच्च हो । यसभन्दा अगाडि गत साउन ११ गते नेप्से परिसूचक २ हजार १२६ दशमलव ४८ विन्दुमा थियो । परिसूचक लगातार ६ दिनमा १५७ दशमलव ८८ अंक बढेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले मंगलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् भने केही कम्पनीको शेयर मूल्य छोटो समयमै दोब्बरभन्दा पनि बढीले वृद्धि भइसकेको छ । यसो त भर्खर सूचीकृत भएका कम्पनीहरूको मूल्य प्रायः तल्लो विन्दुबाटै शुरु हुने भएकाले ती कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय घटेको ब्याजदर र अधिक तरलताले लगानीकर्तामा पनि उत्साह बढेको देखिन्छ । पुस लागेसँगै सबै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोही कारण पनि लगानीकर्ता आकर्षित भएको जानकारहरू बताउँछन् ।   यस्तै नेपाल राष्ट्र बैकले शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार अहिले घटाएर १२५ प्रतिशतमा झारेको छ, जसले गर्दा लगानीकर्ताहरूको मनोवल बढेको उनीहरूको भनाइ छ ।   यस दिन कारोबारमा आएका ३१३ धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ९९ हजार ६४१ पटकमा रू. ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ९ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट्स, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट इन्डष्ट्रि, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।  मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य सबैभन्दा बढी ७ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर रू. ३३० मा झरेको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू.३७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २८ करोड ७३ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

पोखरा सडक महोत्सवका लागि सहकार्य

अंग्रेजी नयाँवर्षको अवसरमा यहाँ आयोजना हुने पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।...