करीव पाँच महीनायताकै उच्च विन्दुमा नेप्से, ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव २३ प्रतिशत बढेर २१ सय विन्दुमाथि पुगेको छ । यस दिन नेप्से परिसूचक २ हजार १०६ दशमलव ४८ विन्दुमा पुगेको हो । यो विन्दु करीब पाँच महीनायताकै उच्च हो । यसभन्दा अगाडि गत साउन ११ गते नेप्से परिसूचक २ हजार १२६ दशमलव ४८ विन्दुमा थियो । परिसूचक लगातार ६ दिनमा १५७ दशमलव ८८ अंक बढेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले मंगलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् भने केही कम्पनीको शेयर मूल्य छोटो समयमै दोब्बरभन्दा पनि बढीले वृद्धि भइसकेको छ । यसो त भर्खर सूचीकृत भएका कम्पनीहरूको मूल्य प्रायः तल्लो विन्दुबाटै शुरु हुने भएकाले ती कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय घटेको ब्याजदर र अधिक तरलताले लगानीकर्तामा पनि उत्साह बढेको देखिन्छ । पुस लागेसँगै सबै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोही कारण पनि लगानीकर्ता आकर्षित भएको जानकारहरू बताउँछन् ।   यस्तै नेपाल राष्ट्र बैकले शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार अहिले घटाएर १२५ प्रतिशतमा झारेको छ, जसले गर्दा लगानीकर्ताहरूको मनोवल बढेको उनीहरूको भनाइ छ ।   यस दिन कारोबारमा आएका ३१३ धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ९९ हजार ६४१ पटकमा रू. ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ९ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट्स, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट इन्डष्ट्रि, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।  मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य सबैभन्दा बढी ७ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर रू. ३३० मा झरेको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू.३७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २८ करोड ७३ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुव

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

इन्भेस्टमेन्ट र मेगा बैङ्कको शेयर कारोबार रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैङ्कले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैङ्कका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैङ्क […]

शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ […]

प्रभु बैंकको शेयर कारोबार रोक्का

२५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो । प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता […]

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबारदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको […]

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड

सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...