व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको आग्रह

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ । विभागले आज सूचना निकालेर काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरुले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको र कतिपयले सङ्घ सरकार र प्रदेश सरकारबाट इजाजत लिएको भए पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ । विभागले ३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न र महानगरको अनुगमनका क्रममा दर्ता नगरि व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको ...

सम्बन्धित सामग्री

बारपाक सुिलकोटमा व्यवसाय दर्ता शिविर सञ्चालन

गोरखा, १६ कात्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र करको दायरा बढाउदै लैजाने उदेश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाभित्रका व्यवसायीलाई सहज हुनेगरी गाउँपालिकाले वडावडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । भौगोलिक हिसाबले छरिएर रहेको गाउँपालिकाले वडा नं १ र २ स्थित बारपाकबाट […]

हेटौंडामा व्यवसाय दर्ता शिविर‚ तीन वर्षको सुविधा

करको दायरा बाहिर रहेर व्यवसाय गरिरहेका व्यवसायीका लागि हेटौंडा उपमहानगरपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गरेको छ । हेटौंडा बजार क्षेत्रभन्दा बाहिरका वडाहरुमा रहेर बिना दर्ता व्यवसाय गरिरहेका व्यवसायीका लागि सोमबारदेखि वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरेको हो ।

व्यवसाय दर्ता तथा नवीकरण सुस्त

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन । जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

भक्तपुरका अधिकांश व्यवसाय दर्ता एवं नवीकरण विना अवैध सञ्चालन

भक्तपुर नगरपालिकाको सल्लघारीदेखि सूर्यविनायक घलाँतेसम्मका अधिकांश पसल एवं व्यवसाय वर्षौंदेखि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले आज यहाँका ३५ पसल तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा सल्लाघारी, चुनदेवी र घलाँतेसम्मका ३५ वटा पसलमध्ये अधिकांश पसल दर्ता विना नै सञ्चालन गरेको पाइएको अनुगमन समितिका संंयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो । …

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

काठमाडौं, कात्तिक २ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक गरेको सूचनामा महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएकोले ३० दिन भित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ । महानगरले […]

३० दिन भित्र व्यवसाय दर्ता गराउन काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई  ३० दिन भित्र आफ्नो व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ। महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको हो। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३०…

व्यवसाय दर्ता गर्न महानगरको ३० दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार तथा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ । आज मंगलबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट इजाजत लिएर सञ्चालन गरिएका ब्यापार तथा व्यवसायहरु समेतलाई ३० दिनभित्र महानगरपालिकामा दर्ता गर्न आग्रह गरेको हो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन […]

नयाँबजार सलीसल्लामा दर्ताबिनै व्यवसाय सञ्चालन

सिमकोट – सडक सञ्जाल जोडिएपछि नयाँबजार बनेको सलीसल्लामा दर्ताबिनै व्यवसाय सञ्चालन भइरहेको पाइएको छ। व्यवसाय दर्ता गर्ने निकाय नजिक नहुनु र नियमनकारी निकायको उपस्थिति नभएकै कारण एक वर्षयता दर्ताबिनै व्यवसाय सञ्चालन हुँदै आएका हुन्। हाल सलीसल्लामा सञ्चालन भएको एक होलसेल पसलमा काम गर्दै आएका सर्जन जेठाराले नयाँ स्थापना भएका अधिकांश होटल तथा पसल दर्ताबिनै सञ्चालन […]

ताकममा व्यवसाय दर्ता शिविर शुरू

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थमसरा पुनले ग्रामीण भेगका नागरिकलाई आफ्नो पेसा, व्यवसाय दर्ता गरेर सञ्चालन […]