काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।उनले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए। उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आ