अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।  क...

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताकोे फाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना टाई ब्रेकरमा विजयी भयो । खेलमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले पहिलो गोल गरेपनि कोलम्बियाका लुइस डियाजले बराबरी गोल गरेपछि खेल टाइ ब्रेकरमा पुगेको हो । टाइ ब्रेकरमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टीनेजले तीन वटा प्रहार रोक्दै […]

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।  बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।  जितसँगै उर...

समूह उपविजेता बन्दै उरुग्वे कोपा अमेरिका कपको नकआउट चरणमा

एजेन्सी।कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह 'ए'को उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ।ओलम्पिक रंगशालामा सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले २१ औ मिनेटमा पेनाल्टीमार्फत निर्णाएक गोल गरे।उरुग्वेसँग पराजित भएको पाराग्वे समूहको तेस्रो स्थानमा रहदै नकआउटमा प्रवेश गरेको छ।समूह 'ए' बाट उरूग्वे र पाराग्वेसँगै अर्जेन्टिना र चिली नकआउट चरणमा पुगेका छन्।

कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो

काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो। तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ। शुक्रबार बिहान भएको खेलमा उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ। उरुग्वेले बोलिभियालाई २–० गोल […]

कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल गरेका हुन् । खेलमा धेरै अवसर सिर्जना गरेपनि लियोनल मेसी र सर्जियो अग्वुइरो गोल गर्नबाट चुके । प्रतियोगिताअन्तर्गत मंगलबार समूह

कोपा अमेरिकाको क्वार्टरफाइनलमा अर्जेन्टिना र चिली

अर्जेन्टिना र चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान ब्राजिलियामा भएको खेलमा पाराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह एबाट नकआउट चरणको यात्रा निश्चित गरेको...

कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।

अर्जेन्टिनामा फुटबल गतिविधि स्थगित

अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो । अर्जेन्टिना फुटबल एसोसियसनले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको जनाएको छ । अर्जेन्टिना फुटबलको पछिल्लो निर्णयसँगै कोपा अमेरिका फुटबल प्रतियोगिता समेत प्रभावित हुने भएको छ । कोपा अमेरिका अर्जेन्टिनामा अर्को महिनाबाट सुरु हुने तालिका रहेको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० मै आयोजना हुन...