कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।  बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।  जितसँगै उर...

सम्बन्धित सामग्री

समूह उपविजेता बन्दै उरुग्वे कोपा अमेरिका कपको नकआउट चरणमा

एजेन्सी।कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह 'ए'को उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ।ओलम्पिक रंगशालामा सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले २१ औ मिनेटमा पेनाल्टीमार्फत निर्णाएक गोल गरे।उरुग्वेसँग पराजित भएको पाराग्वे समूहको तेस्रो स्थानमा रहदै नकआउटमा प्रवेश गरेको छ।समूह 'ए' बाट उरूग्वे र पाराग्वेसँगै अर्जेन्टिना र चिली नकआउट चरणमा पुगेका छन्।

कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो

काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो। तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ। शुक्रबार बिहान भएको खेलमा उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ। उरुग्वेले बोलिभियालाई २–० गोल […]

कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।